Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विवाह दर्तामा अझै अल्झन

माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाबर ?

खबरडबली संवाददाता

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो । 

सर्वोच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पहिलो विवाह दर्ता गर्न परिपत्र जारी गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीकै सरुवा भएको आशङ्का गरिएको छ । 
लमजुङको दोर्दी गाउँपालिका कार्यालयलाई विवाह दर्ता गर्न परिपत्र जारी गर्ने विभागका महानिर्देशकको लगत्तै सरुवा भएको छ। ‘परिपत्र जारी गरेकै कारण सरुवा भएको सुनिएको छ,गृहले सोधनी गरेको पाइएको छ,’पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले भने,‘माथिल्लो निकायले तल्लो निकायलाई डर देखाउने, धम्की दिने र सरुवा गर्ने गज्जबको रणनीति देखिएको छ।’

विभागको परिपत्रपछि माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले कानुनी रूपमा सर्वोच्च अदालतको आदेश उल्लेख गरेर विवाह दर्ताको प्रमाणपत्र पाए। त्यसपछि विभागले अर्को पत्र जारी गरेको छैन। बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले विभागका अधिकारीहरूसँगको मौखिक आदेशमा दक्षिण एसियामै पहिलो लेस्बियन जोडीको विवाह दर्ता गरेको छ। 

तर, विवाह दर्ताको प्रमाणपत्र दिने वडा कार्यालयका सचिव दीपक नेपालीलाई भने माथिल्लो निकायबाट दबाब दिइएको पाइएको छ। विवाह दर्ता प्रमाणपत्रमा हस्ताक्षर गर्ने नेपाली १५ दिन छुट्टीमा बसेर सरुवा भएका छन्। समलिङ्गी विवाह नरुचाउनेहरुले दबाब दिएरै सचिव नेपाली सरुवा हुनु भएको लेस्बियन जोडीले बताएको छ। 

घर, परिवार र समाजले स्वीकारे पनि केही सरकारी अधिकारीहरूमा रहेको नकारात्मक सोचका कारण आफूहरू पछि विवाह दर्ताको निवेदन दिने अर्को जोडीले प्रमाणपत्र पाउन नसकेको अन्जुदेवी ९दिप्ती० श्रेष्ठले बताइन। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले विवाह दर्ता गर्ने पहिलो लेस्बियन जोडी दिप्ती र सुप्रिताको स्वागतमा गरेको पत्रकार भेटघाट कार्यक्रममा विवाह दर्ताका लागि माथिल्लो निकायमा सोधनी गरिरहनु पर्ने अवस्था अन्त्य गरी सहज रूपमा विवाह दर्ता गरिदिन मिल्ने व्यवस्था गर्न आग्रह गरेको छ।

लेस्वियन जोडी दिप्ती र सुप्रिताले माया र सुरेन्द्रको विवाह दर्ता भए पछि आफूहरूलाई विवाह दर्ताका लागि हौसला मिलेको बताए। ‘उहाँहरू ९माया र सुरेन्द्र० को विवाह दर्ता भएको समाचार आए पछि हामीलाई पनि दर्ता गर्ने हौसला मिल्यो,’दिप्तीले भनिन्,‘उहाँहरूसँग सबै प्रक्रिया बुझेर हामीले पनि स्थानीय तहमा विवाह दर्ता गर्न निवेदन दिएका थियौँ।’

स्थानीय तहबाट अविवाहितको सिफारिस सहित जाँदा अदालत जान भनेर सुझाएको बताउँदै दिप्तीले भनिन्,‘मायाको पहिचान नेपालले पहल नगरेको भए हाम्रो विवाह दर्ता नहुने रहेछ।’ दिप्ती र सुप्रिताले विवाह दर्ताका लागि पहल गरिदिएकोमा मायाको पहिचान नेपाल र सुनिलबाबु पन्तलाई धन्यवाद दिए। 

मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले पन्तको पहलमा आफूहरूले विवाह दर्ता गर्न सफल भएको बताइन। उनले आफूहरू जस्तै अरू जोडीको वैवाहिक अधिकारका लागि पहल गरिरहेको सुनाइन। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले पटकपटक परिपत्र जारी गरिरहनु भन्दा सहज रूपमा विवाह दर्ता हुने कानुनी व्यवस्था नै गर्न सरकारसँग माग गरे।

पन्तले सबै जोडीको विवाह दर्ताका लागि सहज हुने व्यवस्था गर्न पञ्जीकरण विभागलाई परिपत्र जारी गर्न आग्रह गरिएको बताए। विभागले गृह मन्त्रालयमा राय माग गरेको र गृहले राय दिए पछि विभागले सबै जोडीलाई हुने गरी परिपत्र जारी गर्ने आशा आफूहरूको रहेको पन्तले बताए।

पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वैवाहिक अधिकारसहित विभेदकारी कानुन संशोधनका लागि राज्यका निकायलाई भनिरहेको सुनाए। सर्वोच्च अदालतले २०६४ पुस ६ मा दिएको आदेश अनुसार हालसम्म पनि कानुन संशोधन नभएको पन्तले बताए।

पन्तले निजामती ऐन र निर्वाचन ऐनमा आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको जानकारी पनि दिए। ‘संविधानको धारा ४२ मा सबै समुदाय मध्ये यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक छुटेका छन्,’उनले भने,‘संविधानले ग्यारेन्टी गरेको भए पनि बहिष्करणमा परेका छौ। यो बहिष्करण मान्य हुँदैन।’  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending