काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल केन्द्रीय समितिको विस्तारित बैठकले देशका सात वटै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । सोमबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको सो बैठकले प्रत्येक मण्डलीमा सचेतना तथा स्थानिय तहसम्म संगठन विस्तार गर्ने समेत निर्णय गरेको छ ।
विस्तारित बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष सिबी गहतराजले “हाम्रो अभियान, नेपाली ख्रिष्टियन समुदायको स्वाभिमान र पहिचान” भन्ने मुल नारालाई सार्थक बनाउन प्रत्येक विश्वासी एकजुट भएर लाग्न निर्देशन दिए ।
अध्यक्ष गहतराजले नेपालभित्र साथै विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रिष्टियन समुदायको हक हितको लागि आफूहरु सधै प्रतिबद्ध रहने बताए ।
सह–अध्यक्ष सुजना बस्नेतले नयाँ जिम्मेवारी पाउने सबैलाई बधाई तथा शुभकामना दिँदै पछिल्लो समयमा महासंघप्रति बजारमा अनावश्यक होहल्ला र गलत टिकाटिप्पणीहरुप्रति कोही पनि भ्रमित नहुन समेत आग्रह गरिन् ।
विस्तारित बैठकका निर्णयहरु सार्बजनिक गर्दै महासचिब एल।एम।जेम्स आलेले नयाँ परिस्थिति अनुसार ख्रिष्टियनहरु चल्नु पर्ने र आफ्नो धर्मशास्त्रले निर्देशित गरेका मूल्य, मान्यता र आदर्श विरुद्ध कोही पनि जान नहुने बताए । आलेले सात वटै प्रदेशमा संयोजकको जिम्मेवारी पाएका प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफ्नो काम कर्तब्यप्रति निष्ठावान भई अघि बढ्न निर्देशन समेत दिए ।
महासंघका कानुनी सल्लाहकार अधिवक्ता चेत बहादुर आलेले महासंघ अध्यक्षको विषयमा गलत तथा भ्रामक प्रचारबाजी भइरहेको प्रति कोही पनि अल्मलिन नहुने बताउँदै भने,“महासंघको विधि–विधान र महाधिवेशनद्वारा निर्वाचित चरिबहादुर९सिबी० गहतराज नै अहिलेसम्मको वैधानिक अध्यक्ष हुुनुहन्छ, कसैले कानून र विधान विपरित सडकबाट हल्ला गरेकै भरमा नेतृत्व फेरिदैन ।”
सो बैठकले राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल र नेपाल सरकारबीच भएको ३ बुँदे र ६ बुँदे सहमति प्रष्ट पार्दै प्रदेश र जिल्लास्तरीय भेला गरी संगठन विस्तार गर्ने निर्णय गरेको छ । महासंघको दर्शनमा रहेर बैठकले निर्दिष्ट कार्यक्रमहरुलाई कार्यान्वयनका निम्ति प्रत्येक मण्डलीमा सचेतना, जनचेतनामुलक कार्यहरु पनि गर्ने निर्णय सार्बजनिक गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...




प्रतिकृया लेख्नुहोस्: