दार्चुला । दर्चुलामा थुनाबाट भागेका थुनुवालाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्दा उनलाई नियन्त्रणमा लिन खोज्दा लडेर घाइते भएका प्रहरी जवान सुहान चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा सोमबार भागेका थिए । हातमा हतकडी लगाएकै अवस्थामा जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए। हतकडीसहित हाम फालेका कुँवरसँगै हुत्तिएर चौधरी भिरबाट लडेर झन्डै सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले खबरडबलीलाई बताए ।
टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।
हाम फालेर भागेका कुँवर महाकाली तरेर भारततर्फ लागे । प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए । भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग गरेका कारण पारी पुगेर उनलाई पक्राउ गर्न सफल भएको उनको भनाइ छ । प्रहरी जवान चौधरीको दुखद निधनले आफुहरु मर्माहित भएको उनले बताए ।
गत माघ ७ गते ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमती धनिशा कुँवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई सोधपुछका लागि जाने क्रममा प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लागेको थियो ।
कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: