काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दिएका नारायण दाहालले आफूलाई परिवारवादसँग जोडेको प्रति आपत्ती जनाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइ भएका नाताले मात्रै नभइ पार्टीमा योगदान गरेकै कारणले आफूले राष्ट्रियसभा अध्यक्षको टिकट पाएको स्पष्ट पारेका हुन्।
दाहालले परिवारवादसँग जोड्न न्यायोचित नहुने बताउँदै भने– ‘प्रचण्डको भाइ भएर टिकट पाएको भन्ने चर्चा छ । यो कुराले मेरो कान पाकिसक्यो । मुख थाकिसक्यो ।’ उनले २०६३ सालमा जुन आन्तरिक व्यवस्थापिकमा प्रवेश गरेको बेलादेखि नै यो आरोप खेप्नु परेको बताए ।
उनले भने–‘पार्टीको सानो जिम्मा लिनुपर्दा त्यो खालको आरोप लाग्ने गरेको छ । मैले भन्ने गरेको छु म चाहि २०३६ सालमा प्रवेश गरेको हुँ । युद्धमा कहाँ कति खटे भन्ने कुरा सबैलाई थाहा छैन । म युद्धमा हिँडेका बेला दाइ हिँड्या छ तँ हिड्नु हुँदैन भनेर किन भन्न आएनन्’ भन्दै उल्टै प्रश्न गरे ।
उनले भने,– ‘अहिले जिम्मेवारी पाउँदा तैले पाउँदैनस् भनेर कसैले भन्छ भने मेरो भन्नु केही छैन। पार्टीमा गरेको योगदानले जिम्मेवारी पाएको हुँ ।’ दाहालले पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको धारणा राखे। उनले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो जित सुनिश्चित भएको दावी समेत गरे ।
राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन । राष्ट्रिय सभा अध्यक्षमा मनोनित हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ। त्यस्तै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ सांसद रहेका छन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...
मंसिर ३० गते, २०८२ - ०७:५५
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...
मंसिर ३० गते, २०८२ - ०७:३५
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा...
मंसिर ३० गते, २०८२ - ०७:१०
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेक...
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...




प्रतिकृया लेख्नुहोस्: