काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दिएका नारायण दाहालले आफूलाई परिवारवादसँग जोडेको प्रति आपत्ती जनाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइ भएका नाताले मात्रै नभइ पार्टीमा योगदान गरेकै कारणले आफूले राष्ट्रियसभा अध्यक्षको टिकट पाएको स्पष्ट पारेका हुन्।
दाहालले परिवारवादसँग जोड्न न्यायोचित नहुने बताउँदै भने– ‘प्रचण्डको भाइ भएर टिकट पाएको भन्ने चर्चा छ । यो कुराले मेरो कान पाकिसक्यो । मुख थाकिसक्यो ।’ उनले २०६३ सालमा जुन आन्तरिक व्यवस्थापिकमा प्रवेश गरेको बेलादेखि नै यो आरोप खेप्नु परेको बताए ।
उनले भने–‘पार्टीको सानो जिम्मा लिनुपर्दा त्यो खालको आरोप लाग्ने गरेको छ । मैले भन्ने गरेको छु म चाहि २०३६ सालमा प्रवेश गरेको हुँ । युद्धमा कहाँ कति खटे भन्ने कुरा सबैलाई थाहा छैन । म युद्धमा हिँडेका बेला दाइ हिँड्या छ तँ हिड्नु हुँदैन भनेर किन भन्न आएनन्’ भन्दै उल्टै प्रश्न गरे ।
उनले भने,– ‘अहिले जिम्मेवारी पाउँदा तैले पाउँदैनस् भनेर कसैले भन्छ भने मेरो भन्नु केही छैन। पार्टीमा गरेको योगदानले जिम्मेवारी पाएको हुँ ।’ दाहालले पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको धारणा राखे। उनले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो जित सुनिश्चित भएको दावी समेत गरे ।
राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन । राष्ट्रिय सभा अध्यक्षमा मनोनित हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ। त्यस्तै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ सांसद रहेका छन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: