Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

राेकीएन सिन्धुलीमा महिला बालबालिका हराउने क्रम

खबरडबली संवाददाता

सिन्धुली । गत साउन १ गते सिन्धुलीकी २६ वर्षिय महिला घरबाट बेपत्ता भइन् । हराएको ९ दिन पछि उनको आमाजु दिदीले खोजि गर्न अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएकी थिइन् ।

“महिलाको परिवारले सबै ठाउँ खोजि गरेका रहेछन् । महिलाको साथी देखि आफन्त सबै तिर खोजी गरेर नभेटेपछि यहाँ निवेदन दिन उहाँको परिवार आउनुभएको थियो” प्रहरी सोतले भन्यो । निवेदन प्राप्त भएपछि प्रहरीले तत्काल महिलाको खोजि कार्य सुरु गरेको थियो ।

खोजीको क्रममा महिलाले प्रयोग गरेको फोनको रेर्कड समेत निकालेको प्रहरीले बताएको छ । महिलासँग सबै भन्दा बढी फोनमा कुरा भएको नम्बर पत्ता लगाई महिलालाई भेटाउन सफल भएको प्रहरीले बताएको हो ।

“कल रेकडको आधारमा सबै महिलासँग भन्दा बढी कुरा हुने नम्बर पत्ता लगायौँ । सो नम्बर चलाउने केटाको परिवारसँग सम्पर्क गरेर महिलाको खोजी गरेका थियौँ ।” प्रहरी स्रोतले भन्यो । झापामा बस्ने एक विवाहित पुरुषसँग महिलालाई भेटिएको प्रहरीले बताएको छ । महिलालाई परिवारको जिम्मा समेत लगाई सकेको छ । महिलाको श्रीमान बैदेशिक रोजगारीमा छन् ।

कमलामाई नगरपालिका ४ कि १४ वर्षिय एक बालिका गत माघ ८ गते हराएको भन्दै प्रहरीमा निवेदन आयो । प्रहरीले तत्काल बालिकाको खोजी गरेको थियो । दुइ हप्ता पछि प्रहरीले बालिकालाई तराईमा फेला पारेको हो । १९ वर्षिय युवकसँग बालिकाले विवाह गरेर बसेको प्रहरीले फेला पारेको हो ।

जिल्लामा महिला तथा बालबालिका हराउने क्रम रोकिएको छैन । वैदेशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले महिला बालबालिका हराउने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा गत आर्थिक वर्ष ०७९/८० मा ७० जना महिला, १० जना बालक र ४३ जना बालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । हराएका सबै बालबालिका महिलालाई फेला पारि परिवारको जिम्मा लगाइ सकेको प्रहरीले जनाएको छ । यस्तै चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिना सम्म हराएको ४० जना महिला मध्ये ३५ जना फेला परिसकेका छन् भने ५ जनाको खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ६ जना हराएको बालक मध्ये ५ जना फेला परेका छन् एक जनाको खोजि कार्य भइरहेको छ । २० जना हराएको बालिका मध्ये १९ जना फेला परेका छन् एक जनाको खोजि कार्य भइरहेको छ । ४ जना जेष्ठ नागरिक हराएको मध्ये ३ जना फेला परेका छन् भने एक जनाको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिने मध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको पाइएको छ ।

यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ । आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढि देखिने गरेको प्रहरीले बताएको छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।

बालबालिका महिला हराउने क्रम रोक्नका लागि विभिन्न सचेतना कार्यक्रम संचालन गर्नुपर्ने महिला अधिकारकर्मीले बताएका छन् । घरपरिवारमा हुने झैझगडाको कारण पनि बालबालिका महिला हराउने गरेको उनीहरुको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending