Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माओवादीमा अन्ततः दाहालको पक्षमा निर्णय

फाइल फाेटाे
खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने निश्चित भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको  हो । 

दाहाल ०७८ मा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन् ।  राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी रहेका थिए । दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए। दाहाल प्रधानमन्त्री प्रचण्डका नजिकका भाइ समेत भएका कारण अन्ततः उनकोे पक्षमा निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

यसअघि बसेको स्थायी कमिटी बैठकले दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णय गरेको थियो । तर, उपमहासचिव जनार्दन शर्माले विरोध गरेपछि त्यो निर्णय सार्वजनिक नै भएन । तर आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यो भन्दा अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय सभा अध्यक्षमा उनलाई उम्मेदवार बनाउने निर्णय गरे ।अहिलेको गठबन्धनको समीकरण अनुसार दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित जस्तै छ । 

माओवादीमा दाहालको पक्षमा अध्यक्ष प्रचण्डमात्रै थिए भने उपमहासचिव वर्षमान पुन लगायत नेताहरूको समर्थन झक्कु सुवेदीलाई थियो । रोल्पाका सुवेदी गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका हुन् । शनिबार बसेको माओवादीको स‌ंसदीय दलको बैठकमा पनि अधिका‌ंश सा‌ंसदहरूले ६ वर्ष कार्यकाल भएका सांसदलाई नै राष्ट्रिय सभा अध्‍यक्षको उम्मेदवार बनाउनुपर्ने मत राखेका थिए । 

छ वर्ष कार्यकाल रहेका सांसदको पक्षमा नेताहरुको एकमत रहेका भएपनि निर्णय भने चार वर्षमात्रै कार्यकाल रहेका दाहालको पक्षमा एको माओवादीका एक पदाधिकारीले बताए ।  माओवादीले दाहाललाई उम्मेदवार उठाएसँगै गठबन्धनबाट उपाध्यक्षमा एमालेले महिला उम्मेदवार उठाउनुपर्नेछ । गत सोमबार सत्ता गठबन्धनका चार दलबीच भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने उल्लेख छ । यो सहमति कार्यान्वयन भए अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिनुपर्नेछ । उर्मिला २०७९ साल माघमा राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। 

विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ। राष्ट्रिय सभाको निर्वाचन आउँदो फागुन २९ गते हुँदैछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending