Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

माओवादीमा अन्ततः दाहालको पक्षमा निर्णय

फाइल फाेटाे
खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने निश्चित भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको  हो । 

दाहाल ०७८ मा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन् ।  राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी रहेका थिए । दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए। दाहाल प्रधानमन्त्री प्रचण्डका नजिकका भाइ समेत भएका कारण अन्ततः उनकोे पक्षमा निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

यसअघि बसेको स्थायी कमिटी बैठकले दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णय गरेको थियो । तर, उपमहासचिव जनार्दन शर्माले विरोध गरेपछि त्यो निर्णय सार्वजनिक नै भएन । तर आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यो भन्दा अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय सभा अध्यक्षमा उनलाई उम्मेदवार बनाउने निर्णय गरे ।अहिलेको गठबन्धनको समीकरण अनुसार दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित जस्तै छ । 

माओवादीमा दाहालको पक्षमा अध्यक्ष प्रचण्डमात्रै थिए भने उपमहासचिव वर्षमान पुन लगायत नेताहरूको समर्थन झक्कु सुवेदीलाई थियो । रोल्पाका सुवेदी गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका हुन् । शनिबार बसेको माओवादीको स‌ंसदीय दलको बैठकमा पनि अधिका‌ंश सा‌ंसदहरूले ६ वर्ष कार्यकाल भएका सांसदलाई नै राष्ट्रिय सभा अध्‍यक्षको उम्मेदवार बनाउनुपर्ने मत राखेका थिए । 

छ वर्ष कार्यकाल रहेका सांसदको पक्षमा नेताहरुको एकमत रहेका भएपनि निर्णय भने चार वर्षमात्रै कार्यकाल रहेका दाहालको पक्षमा एको माओवादीका एक पदाधिकारीले बताए ।  माओवादीले दाहाललाई उम्मेदवार उठाएसँगै गठबन्धनबाट उपाध्यक्षमा एमालेले महिला उम्मेदवार उठाउनुपर्नेछ । गत सोमबार सत्ता गठबन्धनका चार दलबीच भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने उल्लेख छ । यो सहमति कार्यान्वयन भए अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिनुपर्नेछ । उर्मिला २०७९ साल माघमा राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। 

विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ। राष्ट्रिय सभाको निर्वाचन आउँदो फागुन २९ गते हुँदैछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending