Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

बारामा ३१ सहिद थपिए, किसान आन्दोलनका मुखलाल महतो अझै परेनन् सहीदकाे सूचीमा

खबरडबली संवाददाता

बारा  । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।  विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नाम समेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको रहेको हो ।

प्रकाशित नामावली अनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन् भने सबैभन्दा जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एक–एक जना मात्रै सहिद रहेका छन् ।

सहिदको सूचीमा समेटिएका निजगढ नगरपालिका ८ सोभित सिंह तामाङ, निजगढ ६ का केदार बहादुर केसी, निजगढ ६ का राजन प्रसाद चौलागाई, निजगढ ४ का राजेन्द्र प्रसाद शाह कलवर, निजगढ २ का बल बहादुर थापा, कोल्वही नगरपालिका ६ का काजीमान थिङ, कोल्हवी ११ का ओम प्रकाश चौधरी, कोल्हवी  ६ का विसुन चौधरी, कोल्हवी १० का सदाम हुसेन, कोल्हवी  १ का ठाकुर प्रसाद चौधरी, कोल्हवी ४ का ओम प्रकाश चौधरी, पचरौता नगरपालिका ९ का देवराज मुखिया, पचरौता ७ का रमानन्द सहनी, पचरौता ९ का बेदामी मुखिया बिन, महागढीमाई नगरपालिका ५ का हरिकिशुन प्रसाद साह, महागढीमाई ४ का अंगद पाण्डेय, महागढीमाई २ का छोटेलाल प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका ११ का विरेन्द्र शाह तेली, सिम्रौनगढ ११ का शंकर महतो नुनिया, सिम्रौनगढ १० का राम नरेश प्रसाद यादव, सिम्रौनगढ १ का बिरेन्द्र कुमार, करैयामाई गाँउपालिका ७ का प्रदिप चौधरी, करैयामाई ८ का हरी चौधरी थारु, करैयामाई ८ का श्यमासुन्दर ठाकुर, आदर्शकोतवाल गाँउपालिका २ का जोगिन्द्र राउत, आदर्शकोतवाल ५ का रामभरोस राउत कुर्मी, बारागढी गाँउपालिका ३ का हिरालाल पंडित, बारागढी २ का गजेन्द्र सहनी मलह, बारागढी २ का लाल बहादुर मुखिया, जीतपुर सिमरा उपमहानगरपालिका १९ का ताजमहम्मद अन्सारी र कलैया उपमहानगरपालिका २१ का लक्षुमण राउत अहिर रहेका छन । 

किसान आन्दोलनका सहीद मुखलाल महतो भने फेरी छुटे
सरकाले देश भरका दुई हजार ६७४ जना सहिदको थप गरिरहदा बारामा ३१ जना थपिए तर किसान आन्दोलनका बेलामा बाराको नेतृत्वकर्ताका रुपमा रहेका बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतोको नाम भने यस पटक पनि समावेश गरेको छैन । 

विसं १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन ।  सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।

बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले भने,‘मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर करैयामाई गाउपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।’ उनले भने कुनै पार्टी विषेशका उनी भएको भए उनको नाम सरकारले सहिदको नाममा समाबेश भईसकेका हुने थिय तर उनी कुनै राजनितिक दलमा थिएनन् त्यहीँ भएर यो पटक पनि सरकारले नाम समावेश गरेन । 

सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बाराली किसानको भनाई रहेको छ । 

मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण गरिसकेको हुनेथियो तर उनी किसान र गरीबका मनिस भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको करैयामाई गाउपालिका ६ का किसान राजु पटेल बताउछन ।

हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको थियो ।

जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । सहिदको घोषण गरेका मध्य कति सहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषण गर्न भने आनाकानी गरिरहेको छ ।

कसरी मारिए मुखलाल
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।

स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।

सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।

सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending