Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। 

यस ट्रेजरी बिलमा आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ। मंगलबार फागुन २९ गते यो ट्रेजरी बिल जारी हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। उक्त ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ।

त्यस्तै, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ फागुन २७ गते परिपक्व हुनेछ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।  

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पत्ति शुद्धीकरण मुद्दा : सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि थुनामा

काठमाडौं  । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...

मेसी, एम्बाप्पे र हालाण्ड चम्किए, अब रोनाल्डोको पालो

काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...

गोदाममा मल, खेतमा अभाव : सरकारको दाबी र किसानको यथार्थबीच ठूलो खाडल

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण १३ प्रतिशत नजिक

कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हा...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन...

भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग र बगान बन्द गर्ने घोषणा

झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छ...

‘जीबी राईलाई ल्याउँछौं भन्नेहरू आज किन मौन ?’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको खोजीमा सरकार गम्भीर नदेखिएको आरोप लगाए...

एउटै बोटमा मालदह र दशहरी आँप फलेपछि किसान चकित

महोत्तरी । तराई–मधेसमा आँपको मौसम चलिरहेका बेला महोत्तरीमा एउटा अनौठो दृश्य देखिएको छ। भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा रहेको एउटै आँपको ...

रोनाल्डोमाथि सबैको नजर, आज पोर्चुगलसँग कंगोको चुनौती

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति पोर्चुगल र कंगो डीआरबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘के’ अन्तर्गतको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे स...

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending