Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

र्यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

खबरडबली संवाददाता

पोखरा । साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

¥यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा गर्दै दाहालले समीपको नदीको राजमार्गमा नवीन प्रयोगका साथ लघुकथा लेखिएको बताए । दैनिकी, व्यक्तिवृत्त, उपशीर्षकको प्रयोगलगायत नवीन शैलीमा समीपले लघुकथा लेखेका उनको भनाइ थियो ।
शुक्ला साहित्य सङ्गम, तनहुँका पूर्व अध्यक्षसमेत रहेका दाहालले भने, “समसामायिक विषयवस्तुलाई उठाइएका उनका लघुकथामा मानवीय स्वभाव, समाजको वास्तविकता, विकृत राजनीति, प्रेम र यौन, समस्याग्रस्त मान्छेको चित्र, व्यक्तिगत जीवनका निजी भोगाइ, विसङ्गति र कुरीतिको विरोध जस्ता मुख्य विषयलाई लघुकथाको केन्द्र बनाइएको छ ।”
“लघुकथाकार समीपको सशक्त पक्ष भनेको परम्परागत लघुकथालेखनका शैलीलाई भत्काई नवीन विधिबाट लघुकथालाई अगाडि बढाउनु रहेको छ ।” उनले भने, “समीपको लघुकथा लेखनले नेपाली लघुकथाका क्षेत्रमा पृथक् धार निर्माण गर्ने छ ।”
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार समीपले सुरुमा नाम छाप्ने रहरमै साहित्यमा लागेको र अहिले लेखनलाई जिम्मेवारीका रूपमा स्विकारेको बताए । समाजमा देखेका कुरालाई कथाका रूपमा प्रस्तुत गरेको बताउँदै समीपले लघुकथामा गणितीय शब्दसीमा सिमित रहन नहुने भनाइ राखे । उनले आफ्नो तर्फबाट लघुकथामा दिनुपर्ने कुरा दिएको र अब पाठकको प्रतिक्रिया आफूलाई स्विकार्य हुने बताए ।

कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष डा. राजेन्द्र चापागाईँ, डा. भूमिराज बस्ताकोटी, प्रेमनारायण ढकाल, कल्याण पन्तलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending