पोखरा । साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।
¥यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा गर्दै दाहालले समीपको नदीको राजमार्गमा नवीन प्रयोगका साथ लघुकथा लेखिएको बताए । दैनिकी, व्यक्तिवृत्त, उपशीर्षकको प्रयोगलगायत नवीन शैलीमा समीपले लघुकथा लेखेका उनको भनाइ थियो ।
शुक्ला साहित्य सङ्गम, तनहुँका पूर्व अध्यक्षसमेत रहेका दाहालले भने, “समसामायिक विषयवस्तुलाई उठाइएका उनका लघुकथामा मानवीय स्वभाव, समाजको वास्तविकता, विकृत राजनीति, प्रेम र यौन, समस्याग्रस्त मान्छेको चित्र, व्यक्तिगत जीवनका निजी भोगाइ, विसङ्गति र कुरीतिको विरोध जस्ता मुख्य विषयलाई लघुकथाको केन्द्र बनाइएको छ ।”
“लघुकथाकार समीपको सशक्त पक्ष भनेको परम्परागत लघुकथालेखनका शैलीलाई भत्काई नवीन विधिबाट लघुकथालाई अगाडि बढाउनु रहेको छ ।” उनले भने, “समीपको लघुकथा लेखनले नेपाली लघुकथाका क्षेत्रमा पृथक् धार निर्माण गर्ने छ ।”
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार समीपले सुरुमा नाम छाप्ने रहरमै साहित्यमा लागेको र अहिले लेखनलाई जिम्मेवारीका रूपमा स्विकारेको बताए । समाजमा देखेका कुरालाई कथाका रूपमा प्रस्तुत गरेको बताउँदै समीपले लघुकथामा गणितीय शब्दसीमा सिमित रहन नहुने भनाइ राखे । उनले आफ्नो तर्फबाट लघुकथामा दिनुपर्ने कुरा दिएको र अब पाठकको प्रतिक्रिया आफूलाई स्विकार्य हुने बताए ।
कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष डा. राजेन्द्र चापागाईँ, डा. भूमिराज बस्ताकोटी, प्रेमनारायण ढकाल, कल्याण पन्तलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: