झापा । विर्तामोड नगरपालिका–३ स्थित डोमालाल रङ्गशालालाई १४ बिघा जग्गादान गर्ने स्व डोमालाल राजवंशीका परिवार घरबारविहीन बनेपछि खेलप्रेमीले सहयोग जुटाएर दाता परिवारलाई घर बनाउने अभियान सुरु गरेका छन् ।
जग्गादाता स्व डोमालालका पत्नी र दुई छोरा गजेन्द्र र दीपेन्द्रको मृत्यु भइसकेको छ । हाल डोमालालकी एक छोरी ८५ वर्षीया सम्पता राजवंशी र दुई नाति भीम तथा छवि दान दिएकै जग्गामा कच्ची छाप्रो बनाएर आश्रय लिइरहेका छन् ।
दाता परिवारले सुकुम्बासी जीवन बिताइरहेको घटनाबाट भावुक बनेका झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले ११४ औँ नारी दिवसका अवसर पारेर घर बनाइदिने अभियानको घोषणा गरेका हुन् । उनले दाता परिवारको घर निर्माणका लागि रु ५१ हजार दिने घोषणा गर्दै थप रकम जुटाउन आर्थिक सहयोगको अपिल गरे ।
अभियानको घोषणा भएकै दिन रु सात लाख आर्थिक सहयोगको प्रतिबद्धता आएको बस्नेतले जानकारी दिए । रु १० लाख सहयोग जुटाएर स्व डोमालालकी छोरी सम्पताको घर निर्माण गरिने उनले बताए ।
“सार्वजनिक हितका लागि १४ बिघा जग्गादान दिनुहुने दानवीर डोमालालका सन्तान घरबारविहीन भएको अमिलो दृश्यले हामी सबैको मन भत्भती पोलिरहेको थियो”, अभियानको नेतृत्व गरिरहनुभएका बस्नेतले भने, “उहाँहरूका लागि केही त गर्नै पर्दछ भन्ने लाग्यो र घर निर्माण गरिदिने अभियान सुरु गरेका हौँ ।”
ठेलाले गुजारा चलाउँछन् नाति
विर्तामोड–३ का भीम र छवि आफ्ना हजुरबुवा डोमालालले दान दिएको जग्गाको एउटा कुनोमा अलग–अलग झुपडी हालेर परिवारसँग बसोबास गर्दै आएका छन् । डोमालालकी छोरी सम्पताको पनि त्यहीँनेर अर्को छाप्रो छ । छाप्रोमा एक्लै बस्दै आएकी सम्पताको जीविकाको माध्यम सरकारले दिने वृद्धाभत्तामात्रै हो । “केही वर्ष अघिसम्म उनि बजारमा सागसब्जी व्यापार गरेर पेटपालन गर्नुहुन्थ्यो”, स्थानीय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी भन्छन्, “बुढेसकालले च्याप्दै लगेपछि व्यापार छाड्नुभयो ।”
उनका अनुसार दानवीर डोमालालका नाति छविले बिर्ताबजारमा तीनचक्के ठेला चलाएर परिवारको जीविका धान्दै आएका छन् । अर्का नाति भीम स्थानीय फ्याक्ट्रीमा मजदुरी छन् । डोमालालकी छोरी सम्पता र दुई नातिले झुपडी बनाएर ओगटेको जग्गा तीन कठ्ठा जति छ । उहाँहरूको नाममा कुनै जग्गा छैन । दान दिएकै जग्गामा सम्पताका लागि आर्थिक सहयोग जुटाएर घर बनाउने खेलप्रेमीको योजना छ ।
सहयोगी हातहरु बढ्दै
सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाउने अभियानमा सहयोगी हात बढ्दै गएका छन् । दुई दिनमा रु सात लाख सहयोगको प्रतिबद्धता जुटिसकेको छ । युवा व्यवसायी राजीव तेघ्रे धिमाल र अर्जुन चुडालले रु एक–एक लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । विर्तामोडका व्यवसायी किरण श्रेष्ठ, सुधार कुमार, रविन श्रेष्ठ र समिल राईले रु २५–२५ हजार सहयोगको घोषणा गरेका छन् । पत्रकार गणेशमान मुखिया, इन्द्रजित मुखिया र भूमिका सुब्बाले रु ११–११ हजार सहयोग दिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: