Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता: पाण्डुबजार एफसी विजयी

खबरडबली संवाददाता

भक्तपुर । तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० पाण्डुबजार फुटबल क्लव (एफसी) पाण्डुबजार भक्तपुरको पोल्टामा परेको छ । भक्तपुर युवा टिम भक्तपुर नगरपालिका वडा नम्बर ७ गोल्मढी भक्तपुरको आयोजनामा शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार विजयी हुन सफल भएको हो । पाण्डुबजारले ३-२ गोलले जित हासिल गरेका हो ।

खेल सुरु भएको पहिलो ६ मिनेटमै पराजित सामाजिककोतर्फबाट जर्सी नम्बर १० का डीवी चौधरीले गोलको सुरुवात थालेका थिए । तर, पनि सामाजिकले नतिजा आफ्नो हात पार्न सकेन । त्यसपछि खेल सुरु भएको २१औं मिनेटमा विजयी पाण्डुबजारकोतर्फबाट जर्सी नम्बर ७ का विवेक कवांले गोल गरी खेल बराबरीमा पुगेको थियो ।

त्यसपछि रोमाञ्चक रुपमा अघि वढेको खेलमा फेरि पाण्डुबजारकै उही बिबेकले पहिलो हाफकै २८औं मिनेटमा थप एक गोल गरी विजय यात्रा तय गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा विजयी पाण्डुबजारकै जर्सी नम्बर ४ का सतिश सुवालले पुन एक गोल गरी विजयी सुनिश्चित जस्तै बनाएका थिए । तर, जितको थालनी गरेको पराजित सामुदायिकबाट जर्सी नम्बर ९ का रोशन राईले एक गोल फर्काउन सफल भएका थियो । त्यसपछिबाट दुैवै टिमकोतर्फबाट कुनै गोल हुन सकेन र ३-२ गोलबाट पाण्डुबजारले कप चुमे ।

प्रतियोगितामा प्रथम हुन सफल पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरे । दोश्रो हुन बाध्य सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफी प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो ।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए । अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको बताए ।

प्रतियोगिताको उत्कृष्ट गोल किपरका रुपमा सामाजिक युवा क्लवका शुशिल कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डुबजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लवका सन याका, बेष्ट स्टाइकर पाण्डुबजारकै विवेक कवां, बेष्ट कोच पाण्डुबजारका रुपेन अवाल भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट दर्शकका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउलालाई पुरस्कृत गरिएको थियो । प्रतियोगिता फागुन १६ गते शुक्रबारदेखि सुरु भएको थियो । 

पुरस्कार वितरण समारोहमा विशेष अतिथि वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांसहितले बधाई दिएका थिए । साथै आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् टिमका सल्लाहकार उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसीसहितका अतिथीहरूले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक भौतिक सहयोग गर्ने संघसंस्था र महानुभावहरुलाई आयोजकहरुको तर्फबाट प्रशंसापत्र वितरण भएको गरिएको थियो । यसअघि प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । 

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट खेलाडीको रुपमा सामाजिक युथ क्लवका ओसन राई घोषित भएका थिए भने फाइनल खेलसँगै प्रतियोगिताको उद्यीमान खेलाडीको रुपमा सामाजिक युथ क्लवका रोशन राई, उत्कृष्ठ खेलाडीको रुपमा विजेता पाण्डुबजारका इब्राहिन फोफोना घोषित भएका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending