काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिएको बताएका छन् । नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने– प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनुभएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नुपर्छ भनेर भन्नुहुन्थ्यो ।’
उनले रवि लाािछाने प्रति ईँगित गर्दै अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरे। शर्माले भने–‘उहाँहरूको भनाइ अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्ने थियो । तर, अहिले मन्त्रीपरिषद्मा केही अभियोग र आरोप लागेका, मुद्दा परेकाहरू हुनुहुन्छ कि हुनुहुन्न ?’
शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अघिल्लो गृहमन्त्रीले निर्देशन दिएको सहकारी ठगीको छानबिन गर्ने निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भनेर प्रश्न समेत गरेका छन् । उनले भने–‘ अघिल्लो गृहमन्त्रीले सहकारीमा ठगी भयो, सूर्यदर्शनदेखि कुन कुन सहकारीमा अर्बौँ ठगी भयो भनेर छानबिन गर्न अघिल्लो गृहमन्त्रीले निर्देशन दिनुभयो। त्यो निर्देशन कार्यान्वयन गराउने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ।
उनले अघिल्लो सरकार हुँदा संसद्मा विरोध गर्नेहरूसँगै भएर अहिले कस्तो खालको प्रवृत्ति विकास गर्नु खोजेको भन्दै प्रश्न गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: