काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या र प्रशासन सचिव देवकुमारी गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा गएकी छन् । राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् प्रशासन सेवाका सचिव गुरागाईँ नेपाल सरकारको सचिवको पाँच वर्षे पूर्ण कार्यकाल पुरा गरेर शनिवारदेखि अनिवार्य अवकाशमा गएकी हुन् ।
पाँच वर्ष अघि उनी नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवबाट सचिवमा बढुवा भएकी थिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या तथा प्रशासन सचिवको जिम्मेवारीमा रहनु अघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवको जिम्मेवारीमा थिइन् । गुरागाईँ मुख्यसचिव डा. वैकुण्ठ अर्यालपछि नेपाल सरकारका विशिष्ट श्रेणीमा कार्यरत ७३ जना सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव थिइन् ।
उनी अनिवार्य अवकाशमा गएसँगै निजामती सेवाको विशिष्ट श्रेणीमा सात जना मात्रै महिला रहेका छन् । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस तथा नियुक्त भएसँगै विशिष्ट श्रेणी अर्थात् सचिव पदमा आठ जना महिला रहेका थिए । अहिले गुरागाईँ अनिवार्य अवकाशमा गएसँगै एक जना घटेर सात जना महिलामा झरेको छ ।
गुरागाईँ सचिवबाट अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवाको एक जना सचिवको पद रिक्त भएको छ ।
रिक्त रहेको पदमा अब वरिष्ठताका आधारमा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव चूडामणि पौडेल, सुदूर पश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिव डा। हरि लम्साल र कोशी प्रदेशका कामु सचिव केदारनाथ शर्माको नाम सचिव बढुवाका लागि सिफारिस हुनेछ ।
जसमध्ये एक जनालाई सरकारले सचिव पदमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा भएमा पौडेल नै सचिवमा बढुवा हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: