Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

गायक मानस राजकाे 'माया माया हो' सार्वजानीक

खबरडबली संवाददाता

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत माया माया होको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ ।

सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गरेका हुन्। गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गरेका छन् ।

आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गरेका छन् । आफ्नी मायालुलाई प्रेम गर्नका लागि आफ्नो रुप समेत परिवर्तन गरेर प्रेमीका सामु जाने युवकको रोमाञ्चक प्रेम कथामा मोडलद्धय गीता र मानस राज गज्जबसँग खुलेका छन् । गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले भने माया माया होमा मैले निकै मेहेनत गरेको छु ।

गीतबाट निकै आशावादी छु । माया माया होको छायांकन पवन शिस्लुङ ले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् । सुरेन्द्र बसेलको सह निर्देशन रहेको भिडियोको गायक स्वयमकै अफिसियल च्यानल मानस राज अफिसियलबाट बजारमा आएको हो ।

मानस राज गायनका अलावा थिएटर अभिनयमा पनि देखिदै आएका छन् । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, ‘डायरी’को माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending