Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सगरमाथा आधार शिविरमा नारी दिवस मनाइयो

खबरडबली संवाददाता

सोलुखुम्बु । एक सय १४औँ अन्तरराष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ । 

विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा शुक्रबार सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो । उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ । 

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालमा देखिएका असरका बारेमा विभिन्न तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य गरी अघि बढ्ने, जलवायु न्याय, अनुकूलन र न्यूनीकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्ने घोषणापत्रमा उल्लेख छ ।

साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवद्र्धन गर्दै हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने तथा पुनः प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरुक गराउनाका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ । 

जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल, पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने तथा जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधार शिविरमा उभिएकोलगायत बुँदा घोषणापत्रमा समेटिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले प्रकृति बचेमात्र प्राणीजगत् रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताइन् । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उनको जोड छ । 

मधेसी आयोगका सदस्य रेणुदेवी शाहले हिमालमा देखिएको जलवायु परिवर्तनको असरबाट मधेस पनि अछुतो नरहेकाले न्यूनीकरणका लागि सबै हातेमालो गर्दै एकजुट हुन आह्वान गरिन् । जलवायु परिवर्तनका कारण मधेसको कृषि प्रणालीदेखि त्यहाँका महिलाको जनजीविकामा प्रत्यक्ष असर परेको स्मरण गराउँदै उनले क्षति न्यूनीकरणका लागि हिमाल, पहाड र तराईको साथ अपरिहार्य भएको बताइन् । 

गैरआवसीय नेपाली सङ्घका उपाध्यक्ष रोजिना प्रधान राई, शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल शृच्छा प्रधान, मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलान, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि डा रशिला प्रधानलगायतले जलवायु परिवर्तनको असरले महिलामा परेको असरबारे चर्चा गरेका थिए । 

विभिन्न विधाका अगुवा तथा ख्यातिप्राप्त सगरमाथा आधार शिविर पुगेका १९ महिलाको टोलीले जलवायु न्यायका लागि हरेक मानवीय क्रियाकलाप प्रकृतिमैत्री हुनुपर्ने निचोड निकाल्दै पहिलो सुरुआत आफैँबाट गर्ने प्रतिबद्धता जनाएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: