Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

श्रमिक महिला दिवस : महिलाको सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड

खबरडबली संवाददाता

टीकापुर । कैलालीका महिलाले सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड दिनेखालका कार्यक्रम स्थानीय सरकारले गर्नुपर्ने माग गर्न थालेका छन् । महिला समाजमा महिलाको सुरक्षा चुनौती थपिँदै गएकाले सुरक्षाको वातावरण बनाइ महिलालाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरु बताउँछन् । 

अधिकारकर्मी गीता चौधरी महिलाको आर्थिक अवस्था कमजोर भएकाले हिंसा सहनुपरेको बताउछिन्। “महिलाका समस्या थुप्रै छन्, हामी हरेक वर्ष श्रमिक दिवस मनाउँछौँ, महिला रातदिन घरमा श्रम गर्नुहुन्छ”, उनले भन्नुभयोनिन्, “तर महिलाको श्रमको मूल्य छैन, आउँदा दिनमा महिलाको श्रमको मूल्य स्थापित भएमा, महिला आयआर्जनका कार्यमा जोडिएमा हिंसाका घटनामा कमी आउँछन् । महिलालाई आयआर्जनमा जोड्न स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्छ ।”

एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज कैलालीका सबै पालिका तथा सङ्घसंस्थाले पनि मनाउँदैछन् । हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । यस वर्ष ‘नेपालमा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदै छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने चलन छ । टीकापुर–१ की बन्दना जैसी हरेक वर्ष श्रमिक महिला दिवस मनाए पनि महिलाको जीवनशैलीमा परिवर्तन आउन नसकेको बताउनुहुन्छ । “महिलालाई आर्थिकरुपमा सक्षम बनाउने, आत्मनिर्भर बनाउने, महिलालाई घरमात्र नभई समाज विकासमा सक्रिय गराउने काम गर्नुपर्छ”, उनी भन्छिन्, “जो शक्तिमा छ उसैले हिंसा गर्ने भएकाले महिलालाई बलियो बनाउन आर्थिक आम्दानी हुने काममा लगाउनुपर्छ । हामी महिला पनि सचेत हुनुपर्छ ।”

अधिकारकर्मी निर्मला कडायत महिलाका समस्या उस्तै रहेकाले उनीहरुको सुरक्षाबारे स्थानीय सरकारले नीति बनाएर काम गर्न आवश्यक रहेको बताउछिन् । उनी भन्छिन्, “महिला ढुक्कले हिँड्ने, सामाजिक कार्यमा सक्रिय हुने वातावरण बन्नुपर्छ ।”

जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरिया पालिकाको न्यायिक समितिमा आउने उजुरीमा हिंसाका घटना थोरै रहेका बताउछिन् । “महिला अझै खुल्न सकेका छैनन, सहेर बस्ने गरेका छन्, हिंसाका घटना छन्, तर उजुरी गर्न आउँदैनन्”, उनी भन्छिन् “आर्थिकरुपमा महिला कमजोर रहेकाले नखुलेका हुन्, त्यसैले महिलालाई सीपमूलक सीप सिकाउने, उद्यमी बनाउनुपर्छ भनी हामी जुटेका छौँ । महिला आफँै कमाउने भएमा हिंसाका घटनामा कमी आउँछन् ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: