Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

डोलेश्वरमा महाशिवरात्रि मेलाको तयारी पूरा

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । 

डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले विहीबार महाशिवरात्रि पर्वको तयारीबारे सञ्चारकर्मीलाई जानकारी दिएको छ । सो अवसरमा महाशिवरात्रि पर्वमा डोलेश्वरमा साधु, सन्त तथा दर्शनार्थीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो ।

महाविशरात्रि पर्वका लागि भारतका विभिन्न ठाउँबाट डोलेश्वरमा हालसम्म दुई सय ५० भन्दा बढी साधुसन्त आइपुगेका समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । महाशिवरात्रिमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीलाई बिहान ४ बजेदेखि नै मन्दिरको चारवटै ढोकाबाट प्रवेश गराइ सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिने छन् । अरुदिन  मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले भित्र प्रवेश गरी डोलेश्वरमा सहजै पूजाअर्चना गर्न पाउने छन् । 

यस वर्ष करिब ५० हजारभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको समितिका महासचिव बस्नेतले जानकारी दिए । महाशिवरात्रि पर्वमा डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था गरिएको छ । साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल र यातायात खर्च रु सात सय ५० प्रदान गरेर बिदाई गरिने उनले बताए । 

दर्शनका लागि आएका सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन एवं प्रसादको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी तथा समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले धुनि जगाउन दाउराको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: