Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एमालेको ‘अवमूल्यन’ कि उदारता ?

खबरडबली संवाददाता

काठमाडौं । चार दलीय गठबन्धनले नयाँ सरकार बनाए पनि स्थिरताप्रति सुरुमै शंका उत्पन्न भएको छ । गठबन्धन बन्दा नबन्दै उपेन्द्र यादव नेतृत्वको जसपा बाहिरै बसेको छ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भित्र्याएर गठबन्धनले जसोतसो बहुमतको अंक जुटाएको छ । यद्यपि विश्वासको मत लिन २८ दिन बाँकी रहेकाले सत्ताका लागि पुरानै खेल दोहोरिने सम्भावना छ ।

अहिले दाहाल नेतृत्वको सरकारमा एमाले (७६), माओवादी (३२), रास्वपा (२१) र नेकपा (एस) (१०) गरेर १ सय ३९ सांसदको समर्थन छ । सरकारलाई विश्वासको मत प्राप्त गर्न एक सय ३८ मत अनिवार्य हुन्छ । सोमबार नयाँ गठबन्धनको घोषणा गर्दा हस्ताक्षर गर्न जसपा बुधबार भने सरकारमा सहभागी भएन । सरकारमा सहभागी हुने विषयमा अध्यक्ष यादवले दलभित्रै बहुमत जुटाउन सकेका छैनन् । जसपाका १२ मध्ये कम्तीमा सात सांसद यो गठबन्धनको पक्षमा नरहेको सो दलका सांसदहरूले नै बताएका छन् ।

जसपाका नेता राजकिशोर यादवले सरकारमा जाने विषयमा पार्टीमा गम्भीर विवाद नभए पनि मधेश सरकार र आफ्नो दलले उठाएका मुद्दा प्रमुख रहेको बताए । ‘हामीले उठाएका मुद्दा र मधेश–प्रदेश सरकारको नेतृत्वको कुरा हो । यी विषयमा कुरा मिलेमा सरकारमा जाने हो,’ उनले कान्तिपुरसित भने । मधेशमा अहिले जसपा नेतृत्वमा सरकार रहे पनि एमाले, माओवादी र एसको समर्थन पाएमा मात्र टिक्न सक्छ । संघीय सरकारमा नेकपा (एकीकृत समाजवादी) को सहभागिताले जसपा पनि सरकारमा जाने सम्भावना बढेको छ, तर दलले यो विषयमा बिहीबार निर्णय गर्ने नेताहरूको भनाइ छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपा (१२) मात्र होइन, सीके राउत नेतृत्वको जनमत (६), महन्थ ठाकुर नेतृत्वको लोसपा (४) र रेशम चौधरीको नेतृत्वको लोसपा (४) सहित सरकारको पक्षमा एक सय ६५ सांसद जुटाउने गृहकार्य गरेका थिए । तर अहिले जसपासमेत अनिर्णीत भएकाले सरकारका लागि आगामी दिन सकसपूर्ण हुने देखिएको छ ।

बुधबार प्रधानमन्त्री दाहाल नेतृत्वमा २० सदस्यीय मन्त्रिपरिषद् बनेपछि अब दुई मन्त्री र तीन राज्यमन्त्री थप्न सकिने संवैधानिक व्यवस्था छ । यसका लागि प्रधानमन्त्रीले स्वास्थ्य र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका छन् । जसपा वा अन्य कुनै दल गठबन्धनमा सहभागी नभएमा सरकारले विश्वासको मत जुटाए पनि आगामी दिन भने कठिन हुनेछन् । राप्रपा (१४) यो गठबन्धनमा सहभागी नहुने निश्चित छ । 

उता, गठबन्धनको ठूलो दल एमालेले ‘ठूला’ नेता नपठाएकाले पनि सरकारप्रति उसको भरोसामा धेरैले प्रश्न गरेका छन् । एमालेको १८ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीबाहेक ६ जना पदाधिकारी मात्र सांसद छन् । शीर्ष नेताहरूमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महासेठ सांसद छन् । तर एमालेले सचिव महासेठलाई दलको नेतृत्व गराएर सरकारमा पठाएको छ ।

नयाँ गठबन्धनका योजनकार उपाध्यक्ष पौडेल पनि सरकारमा जाने भनिए पनि उनी आफैं पछि हटेका छन् । अर्थमा माओवादीले र गृहमा रास्वपाले दाबी गरेकाले तीबाहेकका मन्त्रालयमा नजाने भनेर उनले दुई दिनअघि नै अध्यक्ष ओलीलाई जानकारी दिइसकेका थिए । पौडेलको विकल्प खोज्दा ओलीले महासेठलाई रोजेका छन् ।

मन्त्रिपरिषद् बलियो बनाउन र सहयोगी दलहरूबीच राजनीतिक संवाद सजीव राख्न पनि पौडेललाई सरकारमा सहभागी गराउनैपर्ने वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली चुकेको राजनीतिक विश्लेषण भइरहेको छ । स्वयम् पौडेलले भने अर्का वरिष्ठ नेतालाई सरकारमा पठाएकाले समस्या नहुने बताए । उनले भने, ‘उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएका छौं । पदाधिकारीबाटै सरकारमा नेतृत्व भएको छ । यसमा अरू कारण केही छैन ।’ उनले एमालेका लागि सबभन्दा ठूलो एजेन्डा मिसन ०८४ रहेकाले यसलार्ई सफल बनाउन आफू पनि संगठनको काममै केन्द्रित हुने बताए ।

एमालेले अहिलेका ६ मन्त्रीलाई एक वर्षअघि दाहाल नेतृत्वकै सरकारमा पठाएको थियो । तर, त्यतिबेला नेतृत्व भने पौडेलको थियो । अहिले पुरानै मन्त्री दोहोर्‍याएको पौडेलले भने, ‘अघिल्लो पटक मन्त्री भएर दुई महिना मात्र काम गर्न पाउनुभएको थियो । उहाँहरूले सुरु गरेका काम पूरा गर्न अहिले निरन्तरता दिइएको हो । राम्रो काम गर्ने विश्वासका साथ पुनः उहाँहरूलाई नै सरकारमा पठाउने निर्णय भएको छ ।’

अर्कोतर्फ भूराजनीतिक सन्तुलन पनि उनको पक्षमा छैन भनेर उनी आफैंले भनेका छन् । मंगलबार पार्टी पदाधिकारी बैठकमा ‘नयाँ गठबन्धनलाई भारतले नरुचाएको’ अभिव्यक्ति दिएर उनले आउन सक्न चुनौतीको संकेत गरिसकेका छन् । यो समाचार आजको दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: