Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्ने’

खबरडबली संवाददाता

काठमाडौं । पत्रकारिता क्षेत्रका अग्रजले सञ्चारगृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत, मर्यादित बनाउन सम्बन्धित पक्ष तत्पर रहनुपर्ने बताए । 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले मुलुकको सर्वोत्तम हितका लागि पत्रकारिता क्षेत्रलाई प्रतिष्ठित, मर्यादित बनाउन महासङ्घ संवेदनशील रहेको उल्लेख गरिन् । “पत्रकारिता पेशामा लामो समयसम्म सक्रिय महिलाको सङ्ख्या न्यून छ । पारिवारिक जिम्मेवारीसँगै यस क्षेत्रमा पारिश्रमिकलगायतका सेवासुविधामा भएको विभेदबारे महासङ्घ संवेदनशील छ”, उनले भनिन् । 

पत्रकारिता क्षेत्रमा आवद्ध महिला हिंसाका घटना न्यूनीकरणमा पुरुषहरुको भूमिका पनि उत्तिकै रहने उल्लेख गर्दै उनले प्रतिस्पर्धामा महिलाले आफ्नो क्षमता, सक्षमतालाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् । 

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुले हासिल गरेको उपलब्धिलाई समीक्षा गर्न जरुरी भएको बताइन् । उनले महिलाका हक अधिकारका सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गरिन् । 

प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले पत्रकार महिलालाई पुरुषसरह समान पारिश्रमिक नभएको भन्दै पेशागत सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राखे । प्रेस युनियनका सल्लाहकार अनिता विन्दुले पत्रकारितामा महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने बताइन् । आफ्नो जिम्मेवारी अनुरुप क्षमता अभिवृद्धि गर्न महिला स्वयम तत्पर रहनुपर्ने उल्लेख गरिन् । 

नेपाल ट्रेड युनियन, कांग्रेसका महिला उपाध्यक्ष राधिका कुइँकेलले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारितामा महिलाले लैङ्गिक हिंसाका सम्बन्धमा चलाएका कलमको समीक्षा गर्न आवश्यक रहेको बताइन् । 

प्रेस युनियन, काठमाडौँका अध्यक्ष महेश गौतमले पारिश्रमको उचित मूल्याङ्कन गरी महिला लक्षित सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले महिलाको पारिवारिक जिम्मेवारीलाई वेवास्ता गर्न नमिल्ने, स्थापित सञ्चारगृह व्यवस्थित गर्न नसक्दा सञ्चारकर्मी टिक्न नसकेको, पत्रकारिता शैक्षिक संस्थाका जनशक्तिलाई सदुपयोग गर्न दिगो रणनीतिक योजना तयार पार्नुपर्ने, महिलाको विज्ञता स्वीकार गर्नुपर्ने, महिला पत्रकारको सहजताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, महिलाका मुद्दा समाधानमा ऐक्यबद्धता जनाउनुपर्ने,  हरेक समाचार कक्षमा न्यूनतम पारिश्रमिक नेतृत्वको निगरानी हुनुपर्ने, जिम्मेवारी बहनमा इच्छाशक्ति प्रकट गर्न दृढ हुनुपर्ने, महिलामैत्री समाचार कक्ष हुनुपर्नेलगायतका विषय उठान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending