काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै बिदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन् ।
मंगलबार पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे । नितान्त निहित स्वार्थ, ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछी गठबन्धन परिवर्तन भैरहनु अनौठो नहुने उनले बताए ।
मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र बिदेशी शक्तिको गोटि बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन,नितिविहीन,आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे । 'यो गठबन्धनको बिकल्पको खोजी शुरु भैसको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,' उनले भने ।
साच्चिकै वैचारिक धुर्विकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाई थियो । यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानू पर्नेमा जोड दिए ।
'यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं,' थापाले भने। बैठकले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: