काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छभने जसपाको कार्यकारिणी समिति बैठक भोलि बिहान ८ बजे बोलाइएको छ ।
उक्त बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनले भने, “आज दिउँसो ३ बजे गठबन्धनको बैठक छ । भोलि बिहान ८ बजे जसपा कार्यकारिणी समितिको बैठकले आफ्ना तर्फबाट सहभागी हुने मन्त्रीको निर्णय गर्नेछ ।”
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच नयाँ सहकार्यका आठ बुँदामा सोमबार सम्बन्धित पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेको थिए ।
यता जनमत पार्टीले पनि गठबन्धन सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएकाले नयाँ परिस्थितिमा पार्टीको रणनीति के हुने भन्नेबारे आधिकारिक धारणा तय गर्ने सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताए । “पार्टीको सचिवालय बैठक हिजो आज जारी रहेको । अहिलेको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै, गठबन्धनको निरन्तर र पार्टीको अडानका बारेमा बैठकमा छलफल भइरहेको जानकारी दिए।
उनले मधेस प्रदेशमा मुख्यमन्त्रीलगायत विषयमा निचोड निकालेर सरकारमा सहभागी हुने/ नहुनेबारे पार्टीले आजै निर्णय गर्ने जानकारी दिए।
यसैबीच, लोसपा पनि नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीको धारणा बनाउन छलफलमा जुटेको छ । आज पनि बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहित शीर्षनेताहरुको बैठक बसेर निर्णय लिने सो पार्टीका महासचिव डा सुरेन्द्र यादवले बताए।
उनका अनुसार आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोसपाका अध्यक्ष ठाकुरले भेटवार्ता गरेको छन् । उनीहरुबीच मुलुकको समसामयिक परिस्थितबारे कुराकानी भएको थियो । “प्रधानमन्त्री दाहालले यही गठबन्धन सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गरेको छन्, लोसपा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरी निर्णय लिने जवाफ दिनुभएको थियो”, अध्यक्ष ठाकुरलाई उद्धृत गरी महासचिव झाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि वि...
जेष्ठ २५ गते, २०८३ - १४:१५
काठमाडौं । सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा जारी एसियन गेम्स क्वालिफायरको उपाधि भिडन्तमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर...
जेष्ठ २५ गते, २०८३ - १३:५०
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले भारतको सीमा मिचेको छ” भन्ने अभ...
जेष्ठ २५ गते, २०८३ - १३:४१
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क...
जेष्ठ २५ गते, २०८३ - १३:३०
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आएर आफ्नो सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु...
जेष्ठ २५ गते, २०८३ - १३:२४
काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आपत्ति जनाउँदै क्षमायाचनाको माग गरेको छ। सोमबार प्रति...
जेष्ठ २५ गते, २०८३ - १३:१७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...
जेष्ठ २५ गते, २०८३ - १३:१२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा विवादबारे संसदमा प्रधानमन्त्रीले नभई सम्बन्धित मन्त्रालयले जव...
जेष्ठ २५ गते, २०८३ - १३:०१
काठमाडौं । संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयास असफल भएपछि विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्। संसद्मा देखिएको अवर...
जेष्ठ २५ गते, २०८३ - १२:५४
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: