Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

एमाले-माओवादी गठबन्धन : फेरि वामपन्थी एकता सम्भव छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै नेकपा एमालेसहितका दल समावेश गरेर मन्त्रीमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर वामपन्थी एकताको पहल गरिरहेको बताएका छन्।

नयाँ समीकरण गठनलाई एउटा क्रमभङ्गका रूपमा प्रचण्डले टिप्पणी गरिरहँदा त्यसले कतिपयलाई यसअघि असफल भएको माओवादी र एमालेको एकता सम्झाइदिएको छ।

विक्रम सम्वत २०७४ सालमा चुनावी तालमेल गरेका ती दुई दलले २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी बनाएका थिए। तर चरम अन्तर सङ्घर्षका कारण सो दल फुटको सङ्घारमा पुगेका बेला सर्वोच्च अदालतले २०७७ सालमा उक्त एकता बदर गरेको थियो।

गएको वर्ष सम्पन्न आम चुनावमा केपी ओलीले नेतृत्व गरेको एमाले, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अलग अलग अस्तित्वमा थिए।

नयाँ समीकरणको अर्थ?

उक्त तिक्ततापूर्ण विभाजनबीच भएको आम चुनावपछि माओवादी केन्द्र र एमालेले छोटो समयका लागि सत्ता सहकार्य गर्दा नेकपा (एकीकृत समाजवादी) सो गठबन्धनमा सहभागी थिएन।

तर लगत्तै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्‍यो। राष्ट्रपति चुनावमा बनेको कांग्रेस माओवादी गठबन्धनले एमालेलाई विपक्षमा पुर्‍याएको थियो भने नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले सोमवार नेकपा एमालेसँग नयाँ समीकरण निर्माण एउटा ‘उथलपुथल’ भएको बताउँदै आफूले वृहत्तर वामपन्थी एकताको पहल गरिरहेको जनाए।

बीबीसीसँगको कुराकानीमा माओवादी केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटाले आफूहरूले बामपन्थीहरूलाई समेट्दै अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

उनी भन्छन्, “अहिले हामीले बामपन्थीहरूलाई नै समेटेर मन्त्रिमण्डल पुनर्गठन गरौँ भनेर सुझाव दिएका छौँ। अब फेरी घटनाक्रमहरू हेर्दै जाऊ।” यसअघि माओवादी केन्द्रका अर्का नेता देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि पछिल्लो कदम चालिएको बताएका थिए।

एमाले र नेकपा एकीकृत समाजवादीका नेता के भन्छन् ?

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकताको विषयमा आफूहरू प्रवेश नै नगरेको बताए।

उनले भने, “राजनीतिक स्थिरता दिने र यो सरकारबाट जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई राम्रो बनाएर नागरिकमा बढेको निराशालाई कसरी चिर्न सकिन्छ भन्ने हाम्रो मुख्य जोड हो। अहिलेलाई सरकार, त्यहाँमार्फत सेवा प्रवाह र  सरकारमार्फत लोकतन्त्रको सुदृढीकरणमा नै हाम्रो ध्यान छ।”

उनले थपे, “विगतमा गरिएका एकताहरू नटिकेका कारणले त्यसका केही पाठहरू पनि हामीले सिक्नुपर्नेछ। अहिले बिस्तारै बिस्तारै अघि बढ्दै जाऔँ भन्ने हाम्रो कुरा हो।”  

उनले वातावरण बन्दै गए एकताका लागि ‘ढोका खुल्ला’ नै रहेको उल्लेख गर्दै ‘अहिले त्यसलाई कार्यसूची बनाएर छलफल नगरेको’ जनाए। 

सत्ता समीकरणमा फेरबदल भएपछि सोमवार अकस्मात् बसेको नेकपा नेकपा एकीकृत समाजवादीको बैठकले नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट नभइसकेको भन्दै गुण र दोषका आधारमा त्यसबारे निर्णय लिने जनाएको छ।

उक्त दलका वरिष्ठ नेता झलनाथ खनालले सम्वाददाताहरूसँग भने, “हामी अहिले पर्ख र हेरको अवस्थामा छौँ। हामीले नेपालको समाजवादी क्रान्ति र रूपान्तरण गर्नुछ। यस क्रममा अरू वामपन्थी साथीहरूसँग पनि साझा कार्यक्रम र एकता गरेर जान सकिने अवस्था बन्यो भने जहिल्यै पनि खुला छौँ।”

यसअघि कांग्रेस र माओवादीसँगको गठबन्धन गर्दा नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाललाई पनि सत्ताको नेतृत्व गर्न दिने गरी साझेदारी भएको कतिपय विवरणहरूमा उल्लेख गरिएका थिए।

तर एमाले माओवादीबीचको पछिल्लो समीकरणसँगै त्यसको सम्भावना लगभग समाप्त भएको कतिपय जानकारहरू बताउँछन्।

नेपाललाई विगतमा दिइएको आश्वासनबारे बीबीसीले माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटालाई सोध्दा हाँस्दै उनले भने, “त्यहाँसम्म कुरा नै पुगेन।”

के नेपालमा वामपन्थी सहकार्य दिगो होला?

नेपालमा कम्युनिस्ट दलहरूबीच टुट फुटको लामो शृङ्खला छ र जानकारहरूका अनुसार नेताहरूबीचको व्यक्तित्वको टकरावले यसमा मुख्य भूमिका खेल्ने गरेको पाइन्छ।

अघिल्लो पटक सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको एकता बदर गर्नुअघि उक्त दलभित्र देखिएको किचलो निर्वाचन आयोगसम्म पुगेको थियो।

त्यसबेला नेकपाका दुईमध्ये एक अध्यक्ष रहेका प्रचण्ड र माधवकुमार नेपाल पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै सो विवरण अद्यावधिक गरिदिन आयोगलाई अनुरोध गरेका थिए।

उक्त कलहले तिक्ततापूर्ण मोड लिइरहँदा नेकपाको एकता अदालतले उल्टाइदिएको थियो।   प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए।

उक्त निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि प्रचण्डको समर्थनमा चुनावअघि देउवा प्रधानमन्त्री बन्न पुगे। देउवा र प्रचण्डबीचको उक्त सहकार्य चुनावपछि केही समयका लागि टुटे पनि राष्ट्रपति चुनावले त्यसलाई पुन: जोडेको थियो।

त्यसयता ओली र प्रचण्डबीचको देखिएको खटपट नयाँ समीकरण बनेसँगै सहयात्रामा बदलिएको छ। तर विगतको जस्तै दुवै दल एकताबद्ध भएर नेकपा बन्ने परिस्थिति तत्काल आफूले नदेखेको राजनीतिक विश्लेषक सीके लाल बताउँछन्।

उनले भने, “त्यो अहिले नै भन्न सकिँदैन। त्यसको लागि हाम्रो उत्तरी छिमेकीको प्रतिक्रिया र अग्रसरता कतिको हो त्यो हेर्नुपर्छ। दक्षिणी छिमेकीको मुखमा चुनाव छ त्यहाँबाट कुन किसिमको प्रतिक्रिया आउँछ। आकाशे छिमेकीको भूमिका बढ्दै गएको छ। त्यो कस्तो प्रतिक्रिया आउँछ, त्यो हेर्नुपर्छ।“

उनले थपे, “तीनवटा दलमा केही फरक नै छैन। सबै मिलेरै खाने हुन्। धेरै फरक परिहाल्दैन। वामपन्थी एकता, कम्युनिस्ट एकता त भन्ने कुरा न हुन्। त्यसको सम्भावना तत्कालै देखिदैँन्।

सत्तामा रहिरहने उद्देश्यले प्रचण्डले यो गठबन्धन गरेको ठान्ने उनले काँग्रेस र एमाले मिलेर गठबन्धन गर्ने परिस्थिति बन्न नदिन प्रचण्डले नयाँ समीकरण रोजेको हुनसक्ने टिप्पणी गरे। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending