बैतडी । पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् ।
धार्मिक सहिष्णुताको नमूना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुन्छन् भन्ने विश्वास छ । जात्रा हेर्न आउने गैरदलितले पनि टीका, प्रसाद ग्रहण गर्ने मन्दिरका मूल पुजारी झेरे लुहारले बताए ।
यस मन्दिरमा सबै समुदायका दर्शनार्थी जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको वनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले जानकारी दिए । उनले भने, “वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छौँ, यहाँ दलित र गैरदलितबीच कुनै पनि विभेद हुँदैन ।”
वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए । दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य जाति अनिवार्य सहभागी हुने परम्परा रहेको उनले सुनाए । उनले भने, “गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्, लामो समयदेखि दलितमाथि विभेद हुने गरेको थियो तर यो जात्रा विभेद अन्त्यको सन्देशका रूपमा लिन सकिन्छ ।”
वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । जात्रामा सहभागी हुन हजारौँ दर्शनार्थी पुग्छन् । जात्रामा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने चलन छ । माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा पनि मन्दिरमा पूजा गर्ने र बलि दिनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किंवदन्तीअनुसार वनारसीलाई शक्तिशाली देवताको रूपमा लिने गरिएको छ ।
पछिल्लो समय वनारसीधामलाई विश्वनाथधामका रूपमा विकास गर्ने काम पनि सुरु भएको छ । वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा रहेको धार्मिक प्रवक्ता पन्तको भनाइ छ । मानसखण्ड पुराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको उल्लेख भएको र पौराणिक सरयु अर्थात् सुर्नया नदीको किनारमा रहेको वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनले सुनाए ।
त्यसैगरी तत्कालीन राजा महेन्द्रको पालामा मन्दिरका लागि पूजा खर्च दिने गरेको र उनि यहाँ आएका बेलामा तीन दिनसम्म सोही ठाउँमा लघुरुद्राभसषेक र नवचण्डी पाठ प्रायण गरेको पनि पन्तले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८१ - २१:०५
काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ब...
श्रावण ११ गते, २०८१ - २०:३९
विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...
श्रावण ११ गते, २०८१ - २०:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...
श्रावण ११ गते, २०८१ - २०:१८
काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गएराती मृत्यु भएका कीर्तिप...
श्रावण ११ गते, २०८१ - २०:१५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् । ...
श्रावण ११ गते, २०८१ - १९:३५
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...
श्रावण ११ गते, २०८१ - १९:३१
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...
श्रावण ११ गते, २०८१ - १९:२८
काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...
श्रावण ११ गते, २०८१ - १९:२३
दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...
श्रावण ११ गते, २०८१ - १९:२०
कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् । यसबिचमा जिल्लामा बाढीपहिर...
प्रतिकृया लेख्नुहोस्: