लुम्बिनी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले बौद्ध विश्वविद्यालय एउटा विशिष्टीकृत विश्वविद्यालय भएकाले यसको आफ्नै महत्व रहेको बताएका छन् ।
उक्त विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतमा शनिबार लुम्बिनीमा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री राईले यो विश्वविद्यालय मुलुकको मात्रै नभई अन्तर्राष्ट्रिय चासो र सरोकारको विश्वविद्यालय हो भने । यसले विश्वसमुदायलाई शान्तिको सन्देशसहितको बौद्ध शिक्षा फैलाउने र मुलुकका लागि दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादनमा निरन्तर काम गर्दै आएको बताए ।
शिक्षामन्त्रीले नेपालमा अनेकौँ पुरातात्विक क्षेत्र रहेका र त्यसको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य भएको बताए । उनले कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै बौद्ध पुरातात्विक क्षेत्रको उत्खननमा लुम्बिनी बौद्ध विश्वविद्यालयका जनशक्ति प्रयोग गर्ने गरी मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले योजना बनाउनुपर्ने बताउँदै यसबाट विश्वविद्यालयमा विद्यार्थीको आकर्षण हुनुका साथै पुरातात्विक वस्तुको उत्खननमा छोटो समयमा ठूलो उपलब्धि हासिल हुने र मुलुकले दक्ष जनशक्ति प्राप्त गर्ने बताए ।
मन्त्री राईले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययनअध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउने ध्येयलाई भुल्न नहुनेमा जोड दिए । बौद्ध शिक्षामार्फत राष्ट्रिय शिक्षा विकासमा योगदान पुर्याउन योजनाबद्ध ढङ्गबाट अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।
यसअघि प्रधानमन्त्री दाहालले लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको केन्द्रीय कार्यालय भवनको उद्घाटन गरे । करिब रु २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: