जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली जुम्लाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा जुम्लाले हुम्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको निर्धारित समयमा जुम्लाका लागि रुविन भण्डारीले ह्याट्रिक गरे । यस्तै चौथो गोल महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा गरेका थिए । हुम्लाले उपविजेतामै चित्त बुझायो । प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता यही फागुन १५ गतेदेखि सञ्चालन भएको थियो । जुम्लामा पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए ।
प्रतियोगितामा कर्णाली प्रदेशका १० मध्ये ६ जिल्लाले सहभागिता जनाएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । आगामी २०८१ मङ्सिरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - २१:०४
मोरङ । मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । आज मोरङको बूढीगङ्गा गाउँपालिका...
बैशाख १६ गते, २०८१ - २०:५९
काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्...
बैशाख १६ गते, २०८१ - २०:५४
काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने...
बैशाख १६ गते, २०८१ - २०:४७
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन् । शनिबार र आइतबार हेटौँडामा सञ्च...
बैशाख १६ गते, २०८१ - २०:३८
कञ्चनपुर । कञ्चनपुरबाट आज लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गो...
बैशाख १६ गते, २०८१ - २०:३६
काठमाडौं । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ । गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनम...
बैशाख १६ गते, २०८१ - २०:३०
इलाम । इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लागेका छन् । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग...
बैशाख १६ गते, २०८१ - २०:१६
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे ...
बैशाख १६ गते, २०८१ - १९:२२
बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनु...
बैशाख १६ गते, २०८१ - १९:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्त...
प्रतिकृया लेख्नुहोस्: