भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा शुक्रबारदेखि तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका छन्।
उदघाटनमा नगर प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिता आजको लागिमात्र नभई भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताए। समाजलाई अनुशािसत र व्यवस्थित गर्ने सिलसिलास्वरुप नगरपालिकाले खेलकुद प्रशिक्षण, खुल्ला व्यायामशाला, कर्भड हल निर्माण, खेलकुद प्रतियोगिताहरु सञ्चालनमा जोड दिँदै आएको उनले बताए । उनले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताए ।
भक्तपुर नपा वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले निडर र निर्भिक खेलाडी तयार गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रमा योगदान पुर्याइरहेको बताए । भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले खेलाडिहरू निकै लाभान्वित हुने विश्वास व्यक्त गरे ।
भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवा टीम स्थापनाको इतिहास बताउँदै युवालाई कुलतबाट बचाउने अभियानस्वरुप भक्तपुर युवा टीम स्थापना भएको स्मरण गरे ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर कप फुटबल प्रतियोगिता संयोजक सुरेश कवां प्रतियोगितामा १६ वटा टीम सहभागी भएको अवगत गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: