काठमाडाैं। रुसी सेनामा सपोर्ट स्टाफका रुपमा कार्यरत करिब २० भारतीय नागरिकलाई जतिसक्दो चाँडो राहत दिने हरसम्भव प्रयास भइरहेको भारतले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘रुसी सेनामा सहायक वा सहयोगी कर्मचारीको रूपमा काम गर्न गएका २० जना भारतीयहरू छन् भन्ने हामीलाई विश्वास छ। हामी उनीहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छौं।’ उनका अनुसार रूसी सेनामा भर्ना भएका भारतीयलाई राहत र मद्दत गर्न खोजिरहेको छ ।
रूसी सेनामा कार्यरत ती भारतीयहरूले मस्कोस्थित भारतीय दूतावासलाई सम्पर्क गरेको उनले बताए। उनीहरु विभिन्न स्थानमा छन् र भारतीय दूतावास उनीहरुको सम्पर्कमा छ । जैसवालले भने, ‘यी भारतीयहरूलाई आफ्नो देश फर्काउन सुनिश्चित गर्न दिल्ली र मस्को दुवैमा रूसी अधिकारीहरूसँग सम्पर्कमा छ।’
‘हामीले मानिसहरूलाई युद्ध क्षेत्रहरूमा नजान वा अप्ठ्यारो हुन सक्ने परिस्थितिमा नपर्न आग्रह गरेका थियौं। हामी हाम्रा सबै जनताको हितका लागि प्रतिबद्ध छौं,’ उनले भने। यसअघि भारतीय विदेश मन्त्रालयले सोमबार भारतको मागमा रुसी सेनाले सहायकको रुपमा काम गरिरहेका धेरै भारतीयलाई रिहा गरेको बताएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: