भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउनहुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छन् । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोगहुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आसिकोडाले काम नगर्दा आयात निर्यात नभएको भन्सार एजेन्ट महासंघ नेपालका सचिव कृष्ण प्रसाद घिमिरेले बताए ।
सर्भर डाउन हुने समस्या अहिलेको मात्रै होइन । बेला बेलामा सर्भर डाउन हुने गर्छ । सर्भर डाउन हुँदा आसिकोडा सफ्टवेयर चल्दैन । सफ्टवेयर नचलेपछि आयात निर्यातको कामै ठप्प हुन्छ । यस्तो गम्भिर विषयमा कार्यालय र विभाग कहिले पनि जिम्मेवार देखिने नगरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका घिमिरेले बताए ।
आयात निर्यात प्रभावित हुनु भनेको राजश्व प्रभावित हुनु हो । समयमै आयात निर्यात नहुँदा राज्यको दैनिक राजश्व संकलन प्रभावित हुन्छ। अर्कोतर्फ व्यवसायीले यातायात शूल्क, पार्किङ शूल्कलगायतका अन्य शूल्कको भार बहन गर्नुपर्ने घिमिरेको भनाइ छ।
आयात निर्यातका कुनै काम हुन नसकेको गुनासो व्यवसायीबाट आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । भन्सार नाकामा हुनु पर्ने चुस्तता नदेखिएको श्रेष्ठले प्रतिक्रिया दिए। प्रविधि र पूर्वाधार निर्माणमा सुस्त देखिएको उनको भनाइ थियो।
आधुनिक एवं डिजिटल प्रविधि चुस्त नहुँदा आयात निर्यातका काममा निकै समस्या र चुनौती थपिँदै गएको छ। यस्ले राजश्स्वमा समेत प्रभाव पारेको श्रेष्ठले बताए। सर्भर डाउन हुने र आसिकोडा सफ्टवेयरले काम नगर्ने समस्या देशभरका भन्सार कार्यालयको समस्या हो।
सरकारले २०७८ माघ १२ गतेदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको थियो विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुम अनलाइन प्रणाली आसिकोडा लागु गरेक थियो ।
भन्सार नाकालाई प्रविधिको माध्यमबा चुस्त बनाइ नाकामा व्यापारलाई सहजीकरण गर्ने उत्कृष्ट अनलाइन प्रणाली आसिकोड लागु गरे पनि सर्भर डाउन भएर काममा सुस्तत आइरहेको व्यवसायीको भनाइ छ।
आसिकोडा प्रणाली विश्वका ९० बढ देशले लागु गरेका छन् । जसमा नेपालक भन्सार पनि जोडिएको छ। सीमा नाकाबाट सामान आएदेखि जाँचपास, प्रमाणीकरणसम्मक काम त्यहाँ सिस्टमले डिजिटल रूपमै गर्ने हुँद अन्य सफ्टवेयरको आवश्यकता नहुने अपेक्ष व्यवसायीको थियो।
भैरहवा भन्सार कार्यालयक प्रमुख भन्सार अधिकृत नारद गौतमले यो सभी डाउन र आसिकोडा नचल्ने समस्या केन्द्र बाट भएको तथा भैरहवा भन्सार कार्यालयका सबै प्रविधिले काम गरीरहेको दावी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: