पर्वत । पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो ।
जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी–हातेमालोचोक–त्रिवेणी–पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ । कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं २ को हिमालय माविसम्मको छ किलोमिटर लामो सडक कालोपत्रको काम भइरहेको छ ।
यो सडकका लागि यस वर्ष रु आठ करोड विनियोजन भएकामा अहिलेसम्म २० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । मोदी गाउँपालिकाको शेराबेँसी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्र हुने छ भने मख ठूलीपोखरी–देउपुर सडक पनि दुई किलोमिटर कालोपत्र गर्नेगरी योजना सुरु भइसकेको छ । यी दुवै योजनाका लागि रु दुई करोड ५० लाखको दरले बजेट विनियोजन भएको छ ।
कार्यालयका अनुसार मिलनचोक–धाइरिङ–घाखेत सडकअन्तर्गत यस वर्ष आठ किलोमिटर कालोपत्र हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र रहकामा गत असोजदेखि धमाधम निर्माण भइरहेको छ । यसवर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
यसैगरी, मोदी गाउँपालिकाको रतिखोला–दराक चित्रे सडक पनि कालोपत्रको चरणमा रहेको छ । तेह्र किलोमिटर लामो यो सडक कालोपत्रका लागि समपूरक बजेटबाट रु १८ करोड विनियोजन भएको छ । चालू आर्थिक वर्षको ठूलो योजनाका रुपमा रहेको यो सडक यस वर्ष सम्झौता मात्र गर्न सकिने र अर्को आर्थिक वर्षदेखि कालोपत्रको काम सुरु गरिने भएको छ ।
त्यसैगरी, फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला–कार्कीनेटा–थापाठाना–फलेवास सडक खण्डमा पनि चार किलोमिटर सडक कालोपत्र हुने भएको छ । यो सडकको पनि ठेक्का लागिसकेको छ । उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, गँगटे– आर्थर सडक खण्डमा पनि कालोपत्रका लागि काम सुरु भएको छ । रु पाँच करोड विनियोजन भएकामा यस वर्ष झन्डै दुई किलोमिटर सडक कालोपत्र नै हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । यो सडक निर्माणको काम धमाधम भइरहेको उहाँको भनाइ छ । कालोपत्रबाहेक विभिन्न सडक ढलान गर्ने योजना पनि रहेका छन् । रु ३० लाखभन्दा कम बजेट विनियोजन भएका सडक ढलान गर्ने योजना पनि धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । पर्वतमा यसवर्ष एक सय ३२ वटा पूर्वाधारका योजना रहेको र तीमध्ये अधिकांश योजना कार्यान्वयनमा गइसकेका छन् ।
जनशक्तिको अभावका कारण कतिपय योजनाको विस्तृत सर्भेक्षण गर्न र बेलपत्र आह्वान गर्न समस्या भइरहेको अधिकारीले बताए । पर्वतमा यस वर्ष प्रदेश र सङ्घीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि रु एक अर्ब नौ लाख बराबार बजेट विनियोजन भएको थियो । जसमध्ये नौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा सङ्घीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...




प्रतिकृया लेख्नुहोस्: