Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

पत्रकारको हत्याराद्वारा आत्महत्या

\"americanअमेरिका । अमेरिकी सहर भर्जिनियाको भर्जिनिया टेलिभिजन स्टेशनमा गोलीहानी दुई जना पत्रकारको हत्यागर्ने पत्रकारले आत्महत्या गरेका छन् । उनले ती दुई जना पत्रकारमाथि गोली चलाएर हत्या गरेका थिए । हत्यापछि उनले निकै नै डरलाग्दा तस्बिरहरु इन्टरनेटमा राखेका थिए । सो घटनापछि उनले आफैँलाई गोलीहानी आत्महत्या गरेका बताइएको छ । भर्जिनिया टेलिभिजनका लागि प्रत्यक्ष अन्तरवार्ता लिने क्रममा बुधबार दुई पत्रकारको हत्या गरिएको उक्त टेलिभिजन स्टेसन (डब्लुडिबीजे–७) ले जनाएको थियो । आक्रमणबाट घाइते बनेका टेलिभिजन पत्रकारद्वयको मृत्यु भएको हो । मारिनेमा अन्तरवार्ता लिइरहेका २४ वर्षीय एलिसन पार्कर तथा २७ वर्षीय फोटो ग्राफर एडम वार्ड हुन् । उनीहरुलाई गोली हानी हत्या गरिएको डब्लुडिबीजे–७ ले बताएको थियो र अन्तरवार्ताको केही दृश्य पनि सो टिभीबाट प्रशासित भएको थियो । प्रत्यक्ष प्रसारण भएकाले अन्तरवार्ताको केही भाग टिभीबाट प्रसारण भइसकेको र ती दृश्यकहरु पनि उक्त टिभीमार्फत नै प्रशारित भएका बताइएको छ । गोली हान्ने पत्रकार सोही टिभीमा कामगर्ने पूर्वपत्रकार रहेको पाइएको छ । भर्जिनियाको प्रहरीले बुधबार नै गोली हान्ने व्यक्ति सोही टिभीमा कामगर्ने पूर्व कर्मचारी रहेको अनुमान गरेको थियो । सोही बमोजिम नै गोलीहान्ने व्यक्ति उक्त टिभीमा कामगर्ने पूर्वपत्रकार भेष्टर लि फ्लागन रहेको पाइएको छ । उनले किन गोली हाने भन्ने बारेमा केही खुलेको छैन । उनी ४१ वर्षका थिए । तरपनि उनले सोही टिभीमा पहिला काम गरेको र उनलाई हटाइएकाले टिभीको आन्तरिक विवाद हुनसक्ने अनुमान गरिएको छ । भर्जिनियाको प्रहरीले आक्रमणकारी उक्त टेलिभिजनको असन्तुष्ट कर्मचारी भएको आशङ्का गरेको र उसलाई प्रहरीले बुधबार रातिसम्म पिछा गरिरहेको बताइएको थियो । उक्त हत्यापछि प्रहरीले आक्रमणकारीलाई नसमातेसम्म टेलिभिजनका कुनैपनि कर्मचारीलाई सुरक्षाका लागि स्टेसन बाहिर नजान अनुरोध गरेको थियो । उक्त आक्रमणकारीले अरुलाई पनि हमला गर्न सक्ने अनुमानका आधारमा प्रहरीले रातिसम्म नै कुनैपनि कर्मचारीलाई बाहिर नजान भनेको थियो । भर्जिनिया टेलिभिजनमा कार्यरत सो पूर्व कर्मचारीले पार्करसँग सम्बन्ध गाँस्न चाहन्थ्यो भनिएको छ । तर त्यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।  
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending