काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरे ।
अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ । खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिऊ लगायतका बस्तुहरुको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। ’
नेपालबाट निर्यात हुने बस्तुहरुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल र क्यानडाबीच सीधा व्यापारिक सम्वन्ध कायम हुनेगरी व्यवसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको सख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए । क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने अध्यक्ष मल्ले बताए ।
यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले नवनियुक्त राजदूत पौड्याल समक्ष आग्रह गरे । उनले भने, ‘नेपालले आगामी वैशाखमा अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवं सूचना प्रविधिको क्षेत्रका मुख्य मुख्य आयोजनाहरुमा लगानीका लागि पहल गर्न आवश्यक छ ।’ लगानी सहजीकरणका लागि चेम्बर अफ कमर्सले पनि सहयोग गर्ने अध्यक्ष मल्लले बताए ।
चेम्बर पदाधिकारीसंगको भेटका क्रमम नवनियूक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताए । त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बी टु बी भेटवार्ताका लागि आफुले पहल गर्ने पौड्यालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: