Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

निर्वाचनपछि गठबन्धन हुनसक्छ तर चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ: महामन्त्री थापा

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताएको छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले आफ्नै सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गरिनेमा जोड दिए ।

“कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ, तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस महासमिति बैठकबाट पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई कांग्रेसको चुनाव चिन्ह रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेर्छाँै ।” उनले भने ।

उनले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको बताए। उनले गत निर्वाचनमा कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नेमा सचेत रहेको जानकारी गराए।

थापाले संसद्भित्रको कांग्रेसको भूमिकालाई पनि त्यसै अनुरुप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउदै पार्टीले भ्रष्टाचारमा, महिलामाथि हुने हिंसा, सामाजिक विभेद्, छुवाछुत लगायतमा शून्य सहनशीलताको नीति अङ्गीकार गर्नेमा जोड दिए । 

“आदर्शका लागि जीवनपर्यन्त कठोर सङ्घर्ष गरेका, प्राण आहुति दिएका अथक योद्धाले जन्माएको पार्टी नेपाली कांग्रेसले कुनै पनि निर्णय गर्दा तीनै अग्रजको बलिदानलाई स्मरण गर्दै तत्काल कुनै अप्ठ्यारा र चुनौती आए पनि पार्टीले क्षति नै बेहोर्नुपरे पनि लोकतान्त्रिक मूल्यमान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता गर्ने छैनौँ ।”–उनले भने ।

नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने यस्ता क्षेत्रगत स–साना कार्यले देशलाई समुन्नतितिर लान नै कांग्रेसको जनमुखी परिचय पनि स्वत : स्थापित गर्छ भन्नेमा कांग्रेसलाई गहिरो विश्वास छ भन्नुहुँदै सङ्घ र प्रदेशमा सरकार साझेदारी र स्थानीय तहको सरकारको नेतृत्व गरेको कांग्रेसले सेवा प्रवाहलाई चुस्त बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यममा सुधार र सकारात्मक भविष्यको अनुभूति नागरिकलाई कसरी गराउने भन्नेमा पार्टीले गम्भीरतापूर्वक प्राथमिकता दिने जानकारी गराए ।

“हाम्रा समर्थक सुभेच्छुकको अपेक्षालाई पार्टीको विचार, नेतृत्व र कार्यशैलीबाट सम्बोधन गर्दै आशा र ऊर्जामा परिणत गर्नुपर्ने चुनौती छ । मूलत : पार्टीले लिने विचार र यसको नेतृत्वको छविका आधारमा नै यो पङ्तिले आफ्नो धारणा बनाउने हो । सङ्गठन संरचना र सदस्य सङ्ख्याले तिनलाई खासै प्रभाव पार्दैन । यस्तो बेला पार्टीको विचार र एजेण्डा स्पष्ट हुनुपर्छ र उनीहरूसँग पार्टी नेतृत्वले नै संवाद गर्न अघि सर्नुपर्छ । तिनलाई आफ्ना एजेण्डा बुझाउनुपर्छ, मुलुकको अवस्थाका कारण सृजित कतिपय सीमाका बारेमा बताउनुपर्छ ।” उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending