काठमाडौं । काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो।
हत्या भएकामा सात-आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन्। 'घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,' उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो।
घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ। घटनापछि उनी फरार भएका छन्। उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ११:२७
घोराही। दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँद...
चैत्र ८ गते, २०८२ - ११:०६
काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रु...
चैत्र ८ गते, २०८२ - १०:५७
जुम्ला। जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँ...
चैत्र ८ गते, २०८२ - १०:३७
रौतहट। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ। कार्यालयका प्रमुख दिपक कुमार मिश्रका ...
चैत्र ८ गते, २०८२ - १०:२७
काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोप...
चैत्र ८ गते, २०८२ - १०:२१
काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति व...
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...


प्रतिकृया लेख्नुहोस्: