काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । तापक्रम स्थिर रहनेछ । “अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, उनले भने।
मौसमविद् अधिकारीले तुलनात्मकरूपमा पछिल्ला दिनमा देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताए । आजभन्दा भोलि बिहीबार बढी वर्षाको सम्भावना रहेको र शुक्रबारदेखि मौसममा क्रमिकरूपमा सुधार हुने महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ११:४३
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...
चैत्र ८ गते, २०८२ - ११:४३
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...
चैत्र ८ गते, २०८२ - ११:२७
घोराही। दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँद...
चैत्र ८ गते, २०८२ - ११:०६
काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रु...
चैत्र ८ गते, २०८२ - १०:५७
जुम्ला। जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँ...
चैत्र ८ गते, २०८२ - १०:३७
रौतहट। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ। कार्यालयका प्रमुख दिपक कुमार मिश्रका ...
चैत्र ८ गते, २०८२ - १०:२७
काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोप...
चैत्र ८ गते, २०८२ - १०:२१
काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति व...
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...


प्रतिकृया लेख्नुहोस्: