काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहायक वन अधिकृत टोलकराज चापागाईविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आयोगले सहायक वन अधिकृतहरु लालबाबु झा, गणेशकुमार थारु र नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षाकुर्मी चौधरी तथा वन रक्षक सञ्जय थारुविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ । आयोगले वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वासुदेव गोडिया तथा प्रदेशसभा सदस्य जानकीप्रसाद यादवविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ ।
त्यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरेविरुद्ध रु नौ लाख ३९ हजार एक सय ३५ र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जिसीविरुद्ध रु १९ लाख ७३ हजार ५८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: