ललितपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीकै कारण लोकतान्त्रिक समाजवादी संविधान बनेको बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले भने, ‘‘नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था नहुँदा पनि कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो । देश लोकतान्त्रिक बाटोमा गयो । यद्यपि केही असन्तुष्टि भने बाँकी रहने अवस्था रह्यो ।”
उनले यस विषम परिस्थितिलाई सम्हाल्दैै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीन वटै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गरे । यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हकलगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माणमा अझै बाँकी रहेको उनको भनाइ थियो ।
उपसभापति खड्काले राजनीतिक स्थायित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको बताए । सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...




प्रतिकृया लेख्नुहोस्: