Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍याे : प्रभु साह

खबरडबली संवाददाता

रौतहट । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन । सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेतृत्वका कारण जिल्ला पछि परेको उनले टिप्पणी गरेका हुन् ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई  सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए । २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन,  राजतन्त्रविरुद्धको  आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको उनकाे भनाइ छ ।

तर, पछिल्लो समय  केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भइरहेको बताएका अध्यक्ष साहले  पूर्व प्रधानमन्त्री माधव कुमार नेपालप्रति आक्रोस व्यक्त गर्दै देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडि पर्नु फिरंगीपनको संज्ञा दिए । 

पूर्वकालदेखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको उनको आराेपमा छ । संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाए पनि मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिने उनकाे भनाइ छ ।  नेता नेपाल र  यादव सधैं सत्ता कुर्सीको लागि देश जनतालाई धाेका दिएकाे भन्दै उनले उनीहरुकै कारणले मधेशमा बेरोजगारी गरिबी समेत बढेको बताए । गौर हत्याकाण्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending