नवलपरासी । मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।
मगर समुदायको मौलिक कला संस्कृति नै लोप हुनेगरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै सङ्ग्रहालय निर्माण गरिएको मगर सङ्ग्रहालयका अध्यक्ष भुवनसिं आलेले बताए । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति, रहनसहन र भेषभूषालाई संरक्षण गरिने अध्यक्ष मगरले बताए । मगर समुदायका पुराना कला, संस्कृति, भेषभूषाका विषयमा नयाँ पुस्ताले जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।
“मगर समुदायका विविध परम्परागत संस्कृति, भेषभूषा, रहनसहन छन्, यो हराउँदै जानेको हो कि भन्ने चिन्ताले संरक्षणमा सहयोग पुर्याउन सङ्ग्रहालय निर्माण गरेका हौँ”, सङ्ग्रहालयका अध्यक्ष मगरले भने, “नयाँ पुस्तालाई संस्कृति, रहनसहन, भेषभूषा हस्तान्तरणमा समेत सहयोग पुग्ने विश्वास छ ।” मगर समुदायले प्रयोग गर्ने भाँडा, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालयमा राखिएका छन् । मगर सङ्ग्रहालयमा राखिएका सामग्री आम सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् ।
देवचुली नगरपालिका, वडा र स्थानीयको सहयोगमा सङ्ग्रहालय बनाइएको हो । मगर सङ्ग्रहालय निर्माणका लागि करिब २२ लाखको लागतमा घुमाउने घर निर्माण गरिएको छ । सङ्ग्रहालयको फागुन १५ गते उद्घाटन गर्ने तयारी गरिएको सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताए । पर्यटन प्रवर्द्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने देवचुली नगरपालिका–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरको विश्वास छ ।
मगर समुदायका संस्कृति, भेषभूषा अवलोकनका लागि पर्यटक आउने हुँदा पर्यटकीय केन्द्र साथै मगर समुदायको संस्कृति, रहनसहन अध्ययनका लागि केन्द्रका रूपमा समेत सङ्ग्रहालयलाई विकास गर्न सकिने उनले बताए । “हिजोआज विभिन्न समुदायका संस्कृति, रहनसहन, भेषभूषासमेत पर्यटकको आकर्षण बन्ने गरेको छ, सङ्ग्रहालयलाई सोहीअनुसार पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ, पर्यटन प्रवर्द्धनमा यसले सहयोग पुग्ने विश्वास छ”, अध्यक्ष मगरले भने । हिजोआज पुराना घुमाउने घरसमेत लोप हुँदै जान थालेकामा यहाँ निर्माण गरिएको घुमाउने घरसमेत आकर्षणको केन्द्र बन्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: