बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक जीतपुरसिमरा महोत्सव हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गतेदेखि लिएर फाल्गुन २९ गतेसम्म आयोजना हुन् लागेको जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरको वडा नम्बर ३ बजनीमा महोत्सवको आयोजना हुनलागेको आयोजकले जनाएको छ । सोमबार संघकै जीतपुरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन् लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फाल्गुन १८ देखि २९ गतेसम्म महोत्सव चल्ने छ । संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ ।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ ।
महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूबीच डान्स आइडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरू समावेश गरिएको बताइएको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ । जीतपुरसिमरा उपमहानगर सहित वडा र उद्योगसँग समन्वय गरेर महोत्सवको आयोजना गरिएको संघका महासचिव प्रकाश गिरीले पत्रकार सम्मेलनमा जनाएको छ ।
फाल्गुन १९ गतेदेखि हुन् लागको महोत्सवमा बिद्यार्थीहरुको लागि रु २५ रुपैयाँ, वृद्ध वृद्धालाई नि:शुल्क तथा युवाहरूसँग ५० रुपैयाँ प्रवेश शुल्क लिने आयोजकले जनाएको छ। महोत्सवमा स्टल राख्नका लागि ८ हजारदेखि २५ हजारसम्म शुल्क लाग्ने र स्थानीय व्यवसायीको हकमा छुटको समेत व्यवस्था गरिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । आयोजकले महोत्सवको कुल लागत करिव ८३ लाख रहेको बताएको छ ।
अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ । महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समिति समेत निर्माण गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा संघका महासचिव प्रकाश गिरि,सदस्य तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक राजु गिरि, संघका संस्थापक अध्यक्ष घनश्याम गिरिलगाएत बारेली पत्रकारहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...
पौष ७ गते, २०८२ - १७:३६
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...
पौष ७ गते, २०८२ - १७:३४
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...




प्रतिकृया लेख्नुहोस्: