Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

रुसी पानीजहाजलाई समुद्रमा डुबाइदिएको युक्रेनी दाबी

खबरडबली संवाददाता

काठमाडौँ । युक्रेनी सेनाले 'सीजर कुनिकोफ' नामक ठूलो रुसी पानीजहाजलाई रुस अधीनस्थ क्राइमियानजिकै समुद्रमा डुबाइदिएको दाबी गरेको छ।

स्थानीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुधवार सबेरै शक्तिशाली विस्फोटन भएको सुनिएको जनाएका छन्। त्यसबाट यल्टा सहरको दक्षिणतिर उक्त मालवाहक पानीजहाजमा आक्रमण भएको बुझिन्छ।

युक्रेनी गुप्तचर निकायले एउटा भिडिओ सार्वजनिक गर्दै 'म्यागुरा भी५' समुद्री ड्रोनहरूले उक्त रुसी पानीजहाजमा हवाई आक्रमण गरेको जनाएको छ। क्राइमियामा युक्रेनले बारम्बार रुसी सेनाको 'ब्ल्याक सी फ्लीट'का पानीजहाजमाथि आक्रमण गर्दै आएको छ।

गत वर्ष सार्वजनिक भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा धेरैजसो पानीजहाज क्राइमिया प्रायःद्वीपबाट ब्ल्याक सीस्थित रुसी बन्दरगाह नोभोरोसिस्कतिर गएको देखिन्छ।

ब्रशल्समा नेटोको मन्त्रीस्तरीय बैठक हुनुअघि उक्त पश्चिमा सैन्य गठबन्धनका महासचिव येन्स स्टोल्टेन्ब्यार्गले युक्रेनी सेनाले केही महिनायता "ठूलो जित" हासिल गरेको जनाएका छन्।

उनका अनुसार युक्रेनले ब्ल्याक सी फ्लीटमा "ठूलो क्षति" पुर्‍याउँदै आफ्नो अन्न निर्यात गर्न जलमार्ग खोलेको छ।

ब्ल्याक सीमा सीजर कुनिकोफ डुबेको विषयमा रुसी जलसेनाले केही टिप्पणी गरेको छैन। उसले छवटा युक्रेनी ड्रोन नष्ट पारिएको मात्र जनाएको छ। क्रेम्लिनले समेत यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।

युक्रेनी आक्रमणपछिको अवस्था देखिने भिडिओ भर्खरै अप्लोड भएको बीबीसी भेरिफाईले पुष्टि गरेको छ। टेलिग्राममा युक्रेनी गुप्तचर निकायले लेखेको छ: "सीजर कुनिकोफमा ठूलाठूला प्वाल परेका छन् र जहाज डुब्न थालेको छ।"

उक्त निकायले क्राइमियाको तटीय सहर अलुप्कानजिकै युक्रेनी जलक्षेत्रमा उक्त पानीजहाजलाई ग्रूप१३ भनिने आफ्नो सैन्य एकाइले ध्वस्त पारेको जनाएको छ।

युक्रेनी गुप्तचर निकायले उक्त पानीजहाजमा रहेका ८७ जनालाई उद्धार गर्ने प्रयास "विफल" भएको र "उपलब्ध जानकारीका अनुसार धेरैजसोको ज्यान गएको" जनाएको छ।

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending