काठमाडौं । टेलिश्रृंखला मात्रै प्रसारण गर्ने गरि प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । सिरिज मात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रुपमा मुलुककै पहिलो च्यानलकाे रूपमा आएको हाे ।
अभिनेता तथा निर्देशक एवं प्रिज्मा टेलिभिजनका संरक्षक नीर शाहले यो टेलिभिजनले विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्ने विश्वास आफूले लिएको बताए ।फिल्म क्षेत्रलाई जस्तै टेलिभिजनलाई पनि संकुचित क्षेत्रभित्र राख्दै आएको बताउँदै उनले टेलिश्रृंखलालाई संकुचित घेराभित्र राख्न नहुने बताए । शाहले भने– ‘दुर्भाग्यको कुरा भन्नुपर्छ, प्रायः हामीले फिल्मको परिभाषालाई जसरी संकुचित घेरामा राखेका छौं, त्यसरी नै टेलिश्रृंखलालाई पनि यही घेराभित्र राख्ने गरेका छौं ।’
नेपाली दर्शकलाई एक सूत्रमा बाँध्न मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने उद्देश्यले टेलिभिजन च्यानल सञ्चालनमा ल्याइएको र विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपाली डबिङ गरेर प्रसारण गरीने जनाइएको छ ।
टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यको रुपमा सिरिजको माध्यम अपनाइने प्रिज्माको प्रमुख उद्देश्य रहेको कार्यकारी निर्देशक निर्जल श्रेष्ठले बताए । प्रसारण गरिने मनोरञ्जनात्मक सामाग्रीले प्रिज्माको परिचयको दायरा फराकिलो बनाउने विश्वास लिएको उनले बताए ।
टेलिभिजनको संचालक एवं कलाकार पनाह अधिकारीले टेलिभिजनका उद्धेश्यबारे प्रकाश पारेकी थिइन्र भने अर्का संचालक ईश्वर थापाले धन्यवाद ज्ञापन गर्दै नयाँ उद्धेश्यका साथ आएको प्रिज्मा टेलिभिजनलाई सबैको साथ रहने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: