काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने भएको हो ।
कार्यालयलाई बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएको जनाइएको छ । दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि निर्देशन भएको कार्यालयका प्रमुख विनय पौडेलले बताए ।
“प्रदेश सरकारबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिनुभएको छ, अब प्रक्रिया अघि बढाउनेछौँ”, उनले भने । विसं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदीहुँदै आएको बाढीले बस्ती कटान गरेपछि स्थानीयवासीले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि तटबन्ध निर्माणको माग गर्दै आएका थिए ।
भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरीक्षण गर्न पुग्नुभएका मन्त्री तीर्थ लामाले स्थानीयलाई दोलालघाट बजार र पुल सुरक्षित गर्न तटबन्धनको प्रक्रिया तत्कालै थालिने बताए । “हामी यो बजार कसरी जोगाउन कसरी भन्ने हिसाबले तटबन्धलगायत संरचना निर्माण गर्न योजना बनाउन लाग्नेछौँ”, लामाले भने ।
मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको थियो । वर्षैपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयवासीले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएको स्थानीयवासी हीराकाजी श्रेष्ठले बताए ।
उनले भने, “इन्द्रावती र सुनकोशीमा बाढी आउँदा सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ, यसकारण सबै तहका सरकारसँग दोलालघाट क्षेत्रको बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छौँ ।” उक्त पुल चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जानका लागि दोलालघाटको प्रयोग हुन्छ ।
मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममापर्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोशी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो । माछाका लागि प्रख्यात दोलालघाट इन्द्रावती र सुनकोशी नदीको संगलस्थल क्षेत्रमा फैलिएको बजार हो ।
यस्तै विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो ।
पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो भने २६ जनाको ज्यान गएको थियो । साथै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: