Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

महासमिति छ्नोटका विषयमा कांग्रेस दोलखामा चरम विवाद, केन्द्रीय निर्वाचन कमिटीमा उजुरी

खबरडबली संवाददाता

दोलखा । नेपाली कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा परेको छ । नेपाली कांग्रेसको महाधिवेशनमा ५ प्रतिनिधिले महासमिति सदस्य छनोट विधान विपरित गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया विवादमा परेको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित  महाधिवेशन प्रतिनिधिहरू मध्येबाट पार्टी विधान अनुसार दोलखाबाट ११ जना महासमिति सदस्यको नाम केन्द्रमा पठानुपर्ने हुन्छ । 

सोही ११ जना महासमिति सदस्यको नाम पठाउँदा पार्टीको विधान विपरित छनोट गरी पठाइएको भन्दै महाधिवेशन प्रतिनिधिहरू उर्मिला कार्की, जयराम श्रेष्ठ, कुमार अधिकारी, प्रभुराम श्रेष्ठ र गौरब कुमार लामाले पार्टीको निर्वाचन समितिको कार्यालय सानेपा ललितपुरमा उजुरी दर्ता गरेका छन् ।

पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रूपमा रोकेको उजुरिमा उल्लेख गरिएको छ ।

निर्वाचन गर्ने भनेर महासमितिका उम्मेदवारहरूलाई ५० हजार रुपैयाँ  जम्मा गर्न लगाइ स्वेच्छाचारी रूपले आफ्ना नजिकका मान्छेको नाम गोप्य रूपमा केन्द्र पठाइएको उजुरीमा बताइएको छ ।

निर्वाचन समितिलाई हस्ताक्षेप गरी लोकतान्त्रिक मान्यताविरुद्ध नाम पठाइने दुस्प्रयास गरिएकाले सो कार्य नगराउन र मान्यता नदिन  निर्वाचन प्रक्रियाको आवश्यक प्रमाणसहित पठाइएको उजुरीमा उल्लेख गरिएको छ ।

यता नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कार्यसम्पादन समितिको निर्णयबाट भन्दै ११ जनाको नाम महासमिति सदस्यमा सिफारिस गरेपछि दोलखा कांग्रेसमा विवाद भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: