Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः क्वाटरफाइनल समीकरण पूरा

खबरडबली संवाददाता

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । 

मंगलबार सम्पन्न भएका प्रिक्वाटर फाइनल चरणका ४ खेलको समाप्तिसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको हो । 

मंगलबार सम्पन्न दिनको पहिलो खेलमा सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले काव्या स्कुल बुद्धनगरलाई १४-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । सैनिक आवासीय माध्यमिक विद्यालयको तर्फबाट डिग विजय शाही एक्लैले तेहोरो ह्याट्रिक पूरा गर्दा  दिपेश दुम्जानले २ गोल गरेका थिए । सैनिक आवासीय माध्यमिक विद्यालयका लागि रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले समान १-१ गोल गरेका थिए । खेलमा डिग विजय शाही उत्कृष्ठ खेलाडी चुनिए । 

दिनको दोश्रो खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुरले नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकीलाई १०-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लेबोरेटरी माध्यामिक विद्यालयको तर्फबाट विष्णु चन्दले ह्याट्रिक पूरा गर्दा एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले समान २-२ गोल गरेका थिए भने १ गोल नेपालय हाईयर सेकेण्डरी स्कुलका तर्फबाट आत्मघाती भएको थियो । खेलमा विष्णु चन्द म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी मंगलबार नै सम्पन्न नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) र ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थबीच भएको खेल निर्धारित समयमा १-१ गोल बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो जसमा नेपाल एपीएफ स्कुल (ख) ४-३  गोल अन्तरले विजयी हुँदै प्रतियोगिताको अन्तिम ८ मा चयन भयो । खेलमा रोशन बुढा म्यान अफ दि म्याच चुनिए । 

मंगलबार नै सम्पन्न अन्तिम प्रि-क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल काभ्रे साँगाले लिटिल एन्जल्स स्कुल, हात्तीवनलाई  ४-२ गोल अन्तरले पराजित गर्यो । खेलमा नेपाल पुलीस स्कुलको तर्फबाट राजु आर्जीले २ गोल  गरेका थिए भने मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले समान १-१ गोल गर्दै टिमलाई प्रतियोगिताको अन्तिम ८ मा पुर्याउन सफल रहे । खेलको उत्कृष्ठ खेलाडी आयुष राई चुनिए । 

यसअघि सोमबार सम्पन्न खेलहरूमा विजयी हुँदै  नेपाल एपीएफ स्कुल क, मनकामना सेकेण्डरी स्कुल, नेपालय ईङ्गलिस पब्लिक स्कुल र जेम्स स्कुल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । जहाँ मनकामना सेकेण्डरी स्कुल र  जेम्स स्कुलबीच खेल हुनेछ ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: