भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी गराइयो ।
प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमै हुनेछ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए ।
प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए । खेल अवधिभर खेलाडीहरूको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए ।
पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे ।
प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो ।
प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो ।
टिमले पहिलो पटक २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: