काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ यहि माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ । कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।
बिदेशमा नेपालीले गरेका दु:ख,त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी नरेन भट्टराईले बताए । 'म नाटकमा धेरै वर्षदेखी काम गर्दै आएको छु । शुरुमा मैले प्रेमी प्रेमिकाको संवाद तयार पारेको थिए । वर्तमान परिस्थितीलाई समेटेर नाटक बनाएको छु । मलाई पूर्ण विश्वास छ यो नाटक सम्पूर्ण दर्शकबिन्दहरुले मन पराउनुहुनेछ ।' उनले भने ।
नाटकमा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
नाटकका निर्देशक कृष्ण खड्काले भने,'परिवार,प्रेम र देश तीन फूल उनेर The Departure नामको माला उनेको छौ, यो हाम्रो समयको,हाम्रो समाजको, हाम्रो राष्ट्रको कथा हो भने हामिले नै भन्नुपर्छ भन्ने लागेर हामी कथा लिएर उपस्थित छौ, हेरेपछि तपाईहरुको प्रतिकृया सुन्न उत्साहित छु/छौ ।'
‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । लाइभ म्युजिकमा बिमल लामिछाने,सागर भुसाल,लक्ष्मी पौडेल र रोशन फुयाँल रहेका छन । माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: