काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ यहि माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ । कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।
बिदेशमा नेपालीले गरेका दु:ख,त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी नरेन भट्टराईले बताए । 'म नाटकमा धेरै वर्षदेखी काम गर्दै आएको छु । शुरुमा मैले प्रेमी प्रेमिकाको संवाद तयार पारेको थिए । वर्तमान परिस्थितीलाई समेटेर नाटक बनाएको छु । मलाई पूर्ण विश्वास छ यो नाटक सम्पूर्ण दर्शकबिन्दहरुले मन पराउनुहुनेछ ।' उनले भने ।
नाटकमा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
नाटकका निर्देशक कृष्ण खड्काले भने,'परिवार,प्रेम र देश तीन फूल उनेर The Departure नामको माला उनेको छौ, यो हाम्रो समयको,हाम्रो समाजको, हाम्रो राष्ट्रको कथा हो भने हामिले नै भन्नुपर्छ भन्ने लागेर हामी कथा लिएर उपस्थित छौ, हेरेपछि तपाईहरुको प्रतिकृया सुन्न उत्साहित छु/छौ ।'
‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । लाइभ म्युजिकमा बिमल लामिछाने,सागर भुसाल,लक्ष्मी पौडेल र रोशन फुयाँल रहेका छन । माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...



प्रतिकृया लेख्नुहोस्: