काठमाडौँ । एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा.उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन् ।
डा शाक्यले गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताइन् । जन्मजात मुटुको बिरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया भाग अविकसित हुने गर्दछ ।
असाधारण स्वास्थ्य अवस्था रहेका बालबालिकाको मुटु रोगको कारणले धेरै मुत्यु हुने गरेको उनले बताइन् । शिशु गर्भमा रहेको बेला गर्भवतीले उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने, चुरोट सेवनलाई रोक्नुपर्दछ ।
उनका अनुसार मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृति हुन सक्छ । करिब दुई तिहाईमा लक्षण जन्मेको एक महिनाभित्र देखापर्ने र एक तिहाई शिशुको समयमा नै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुने उनले बताइन् ।
डा शाक्यले १० प्रतिशत मात्र मुटु रोगमा कारण पत्ता लाग्ने उनले बताइन् । जन्मिदै मुटु रोग हुने बच्चामा उमेरअनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने जस्ता समस्या देखिने गर्दछ ।
बच्चा नीलो हुने
जन्मजात मुटुमा समस्या भएका बच्चा नीलो हुने र निलो नहुने गर्दछन् । निलो भएर जन्मिने बच्चा जटिल प्रकार प्रकृतिको हुने केन्द्रका बाल मुटुरोग सर्जन डा रविन्द्रभक्त तिमलाले जानकारी दिए ।
जन्मिदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि निलो भएर आउने बच्चामा मुटु रोगको समस्या हुने गरेको उनले बताए । रुने बेलामा वा बल प्रयोग गर्दा निलोपना झन बढ्ने, सास छिटोछिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता पनि मुटु रोगका समस्या हुन् ।
यसैगरी मुटुको चाल अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो सास फेर्ने, राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केही नीलो देखिने, छिटोछिटो कडा निमोनिया भइरहने, दैनिक क्रियाकलाप समस्या देखापर्नु पनि मुटुको समस्या हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: