चितवन । चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा लागूऔषध लुकाई छिपाई सेवन, खरिद तथा बिक्री वितरण भइरहेको थाहा पाएपछि बुधबार साँझ उनलाई पक्राउ गरेको हो ।
महतोको घरमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४.८७ ग्राम, लागू औषध गाँजा १७२ ग्राम र लागूऔषध निट्राभेट २४ ट्याब्लेट तथा नगद ५ हजार तिन सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: