Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । 

सिंहदरबारमा विहीबार ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिए । 

उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ ।” 

बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुनहुँदैन ।”

पछिल्लो समय देशको अर्थतन्त्र सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले भने, “निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको छ भने अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएका छन् ।” 

पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले भने, “राष्ट्रिय महत्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।”

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताए । विगत वर्षको तुलनामा राजस्व सङ्कलनमा कमी नआएको उल्लेख गर्दै उनले भने, “राजस्व १० प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रियस्तरमा यसलाई राम्रो प्रगति मानिन्छ ।”

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराएका थिए । छलफलमा विभिन्न मन्त्रालयका मन्त्रीहरू एवं सचिवहरूको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङमा भारतीय आइचरमा बोलेरो ठोक्किँदा एकजनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतीय आइचरमा बोलेरो ठोक्किँदा एक जनाको ज्यान गएको छ ।  काठमाडौंबाट पोखरात...

रौतहटमा आगलागीबाट २ करोडको क्षति

रौतहट । रौतहटको छुटाछुटै दुई स्थानमा भएको आगलागीबाट झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ । जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगर...

प्रदर्शनका नाममा अराजकता देखाए कानुन अनुसार कारवाही गर्ने राप्रपालाई सरकारको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा प्रदर्शन गर्दैछ । यसअघि पार्टीले भोलि गरिने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने ब...

देशभर भएका दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दाङ, रुपन्देही, धादिङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ...

भाेलि बैंकक जाँदै परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि थाइल्यान्डको राजधानी बैंकक जाने भएकी छिन् । २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त रा...

ताप्लेजुङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका–६ लेलेप चाँगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय सोनाम शेर्पाका अनुसार इलाडाँडा घ...

जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक चाहिन्छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘र...

भट्टराईलाई गाली गलौज गरिएकोप्रति एमालेकाे विराेध

फुङ्लिङ । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहारप्रति नेकपा (एमाले) ताप्लेज...

एमाले र कांग्रेस दुबै दल सहमतिकै आधारमा अघि बढेका छन्: गृहमन्त्री लेखक

पोखरा । गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबिच कुनै समस्या नभएको जिकिर गरेका छन् । शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार...

गणतन्त्र नेपालकाे समावेशितासहितको संविधान रक्षा लागि एक ठाउँमा उभिन शीर्ष नेता सहमत

काठमाडौं । नेकपा एमाले अध्यक्षा तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending