महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताएका छन् ।
महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको विहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताए ।
“मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो मच्चिएको छ । त्यसैले पछिल्ला केही दिनयता जाली तमसुकको लुट मच्चाउने अनुचित लाभ लिने ‘मिटरब्याजी’, सरकारी कार्यालयमा बिचौलिया बनेर कमाउ धन्दा चलाउनेलाई कारबाहीको दायरमा ल्याइन्छ ।”
आधारशिला श्रमजीवी जनताको आस्थाको केन्द्र भएको हुँदा यो ठाउँबाट सामाजिक फट्याइँ, धुर्त्याइँ र जालझेलविरुद्ध सम्झौताविहीन आन्दोलनको नेतृत्वको अपेक्षा सर्वसाधारणले राखेका उनले उल्लेख गरे ।
“सरकार मिटरब्याजी, भ्रष्टाचारी र कुशासनविरुद्ध परिणाममुखी काममा लागेको छ,” आधाशिला परिवारका मुख्य संरक्षकसमेत रहेका श्रेष्ठले भने, “पछिल्लो पटक ठूला अनियमितताका ‘फाइल’ खोलिँदै गएपछि जालझेल गर्नेहरू सरकारका कामलाई निष्प्रभावी बनाउन उद्यत् छन् तर सरकारले भ्रष्टाचारविरुद्धको कामलाई परिणाममा पुर्याएर छाड्नेछ ।”
आधारशिलाको २१औँ वार्षिकोत्सव समारोहमा यस परिवारका संस्थापकमध्येका एक पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सहभागीलाई स्वागत गरेका थिए । समारोह आधारशिला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: